Tuesday, July 7, 2009

लुखास्तसँग १३ बर्षपछी प्रत्यक्ष कार्यक्रममा भेट

अन्तरकृया प्रकाशनका 'नबयुबा' मासिक पत्रीकाको लुखास्त शिर्षकमा ब्यङग्यपूर्ण लेख पढ्ने गरेको थिए १३, १४ बर्ष पहिले र थिए उनी चर्चित हास्यब्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले उनै हास्यब्यङ्ग्य क्षेत्रमा ख्याती कमाएका कलाकारको प्रत्यक्ष कला हेर्ने मौका जुराइदियो बेल्जियमको नेपाली लोकतान्त्रिक मन्चले। साथमा थिए चर्चित गायक सुगम पोखरेल र डिजे राजु।

नेपालीको नानी देखी लागेको बानी निर्धारित समयमा कार्यक्रम होला भन्नु आकाशको फल जस्तै। निर्धारित समय थियो जुलाई ५ तारिख दिनको ३ बजे तर त्यही समयमा स्वयमसेबक मित्रहरु हतार हतार मन्चमा टूल ताङ्दै थिए। प्रतिक्षारत दर्शकले ४ बजे पछी मात्रै कार्यक्रम शुरु भएको महसुश गर्नुपर्‍यो। शायद आयोजकले ढिला भएको महशुस गरेरै होला औपचारिक कार्यक्रम (आसन ग्रहण, स्वागत मन्तब्य , उद्घोषण) त्यती लामो गरेनन।एन. डि . एफ. बेल्जियमका तुलसीनाथ सुबेदीको अद्यक्षता र नेपाली राजदुताबास, बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको थियो। प्रमुख अतिथिको रुपमा नेपालीहरुले सबै एक भएर आफ्नो कला र सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्दै गर्दा क्यामरा क्लिक क्लिक गर्दै म भने उहाको गेटअप हेर्दै थिए। यूरोपमा यस्ता कार्यक्रममा मैले पहिले बिशेष रुपमा बोल्दै गर्ने ब्यक्तीहरुले रुद्रघन्टी पनि सुन्नियो कि झै गरी टाइ बांधेर गजधुम्म पर्दै बोलेको धेरै पटक देखेको हुँ र नेपाली राजनीतिक क्षेत्रका नेता महासयहरुको त झन कुरै नगरौ। तर फरक शैली र सादा पोशाकमा नेपालीहरु बिच सर्बसाधारण कै रुपमा छोटो र मिठो भावनात्मक रुपले प्रस्तुत हुँदै समयको ख्याल गर्दै आफ्नो मन्तब्य दिएको देखेको यो मेरो पहिलो अनुभब हो। छोटो तर सबै कुरा समेट्ने गरी बोल्दा हाम्रा नेताहरुले जनताले कुरै बुझ्दैनन झै गरी कानै फत्तिने गरी बोलेका हुन्छन, कसो राजदुत महोदयले झै छोटो तर मिठो तथा समयको ख्याल गरेर बोल्ने गरे देश अलिकती उभो लाग्दो हो कि? यसो भनौ न कुरा भन्दा काम धेरै गरे आउँदा पुस्ताले सडकमा टायर बाल्न छोडेर आफ्नो इलमलाई बढी महत्व दिदै देशलाई राहत हुने बाटो पनि पहिलिने थियो कि?

मेरो अनुमानमा लगभग २५० भन्दा बढी नै नेपालीहरुको जमघट थियो बेल्जियमका बिभिन्न शहरबाट आफ्नो दु:खलाई थाँती राखेर कार्यक्रम हेर्न आउने उत्सुक आँखा र दिल खोलेर हांस्ने मनहरु। कार्यक्रमको सुरुवातमा मिठो स्वरका धनी सुगमको गायन बाट सुरु भएको थियो तर मेरो लागि भने पहिलो पटक सुनेको स्वर अनि गीत। लगत्तै पछी बेल्जियमका स्थानिय कलाकार रिजे गुरुङ को पुतली नाच पनि दर्शकले निकै रमाइलो मानेर हरे।

जब मनोज गजुरेल आउँदैछन भन्ने संकेत मिल्यो तब दर्शकहरुका आँखा मन्चमा नै अडिए। हाम्रा तात्कालिन तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गर्दै दर्शकमाझ मनोज देखा परे तब दर्शकदिर्घाबाट हलै गुन्जिने ताली र साथमा खादा पनि। अनि सुरु भयो उनको अभिनय। प्रत्येक वाक्य पछी हलमा हाँसो नगुन्जेको शायदै होला। अभिनयमा पत्रकारले सोधेको जवाफ दिने बेला कसैले पनि मन थामेर नहाँसी बस्न सकेनन। प्रश्नोत्तरमा दर्शकहरुलाई हसाउदै मार्मिक रुपले देशमा भएका राजनैतीक गन्जागोल, जातिबाद ,बिभिन्न भाषा भाषीहरु बिच हुनसक्ने कटुता, धार्मिक दंगा र तँ मधेशी म पहाडी भन्ने अहमताको खाडल खनिदा हुने भयानक परिणाम बारे अती नै तिखो ब्यङग्य प्रस्तुत गरेका थिए। र सम्पूर्ण नेपालीहरु यस्ता खतराबाट पूर्ण सचेत हुनु पर्ने 'म' भन्दा पनि 'हामी' भन्ने भावनामा बाँधिनु पर्ने आग्रह गरेका थिए आफ्ना कला मार्फत।

सांस्कृतिक बिकृति र लोग्ने श्रीमती बिच हुने झैझगडा र नेपाली दुर संचार पनि तिखो ब्यङ्यबाण बाट बचेँनन। दुर संचारले (मोबाइल) प्रयोगकर्तालाई दिएको दु:ख र सस्थानले गरेको लापर्बाहीको बारेमा पनि निकै पेचिलो प्रस्तुती गरेका थिए। त्यस्पछी राजुको डिजेमा युवायुबतीहरु दिल खोलेर नाचेका थिए। कलाकारहरुलाई आयोजकको तर्फ बाट खादा ओदाइ सम्मान गरीएको थियो भने कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने संघ सस्था तथा ब्यत्तिहरुलाई कलाकारहरुको हात बाट खादा ओदाइ सम्मान गरेका थिए। तर आँफैले भने निस्चित समयसम्म रहनु पर्ने र पुरै कार्यक्रम नहेरी बाहिरिनु पर्दा शुरु हुँदाको एक घण्टा ढिलालाई नरमाइलो मान्दै बाटो लागियो।

No comments:

Post a Comment