Sunday, February 21, 2010

झंकारपूर्ण आदिबासी गीत

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

सृस्‍टिको सुन्दर बिहान हामी

मनिसको पहिलो पहिचान हामी

यो बिशाल धर्ती हाम्रो रचना

हेर कहाँ छैन हाम्रो पसिना

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

हामी संगै जन्मे तराइ, पहाड हिमाल

हामी संगै हुर्के नदी , बन जंगल

हामीलाई पछ्याउदै बन्यो मूलबाटो

हाम्रै रगतको हो रंग यो माटो

हामी आदिबासी , हामी जनजाति .... आदिबासी, जनजाति ।

हामीले सिकायौं अरुलाई हिंड्न

अब हामी आँफै तयार छौ भिड्न

अधिकारको जो आत्मनिर्णयको

जातिय पहिचान सभ्यता सुनौलो ।

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।