Sunday, August 30, 2009

ब्यंग्य कबिता

- लक्ष्मण गाम्नागे -
घरको उचाइबाटै
यो घर उहाकै हो भन्ने थाहा हुन्छ
नामको त के कुरा
थरको कुरैबात
यो उहाकै थर भन्ने प्रष्ट हुन्छ
भन्छन-
त्यस्तो साडी उहाकै श्रीमतीले मात्र लाउछिन
त्यस्तो गाडी उहाकै साली मात्रै चड्छिन्
धरोधर्म!
उहाको बिषयमा एउटा सच्चाइ नै झुठ भएको छ
कि नाम हुन्छ कि दाम भन्थे
कि घर हुन्छ कि थर भन्थे
उहाको त कामै नगरे पनि दाम फलेकै छ
नकामै गर्दा पनि नाम फलेकै छ
उहाको उचाइसँगै घरको उचाइ चढेकै छ
मोटरको ताँती सँगै भोटरको ताँती बधेकै छ
अभिबादन छ। अभिबादन छ।

प्रजातन्त्रका महान सेनानीहरु!!
जनाअन्दोलनका महारथीहरु!!
जय नेपाल छ ! लालसलाम छ!!
{हाम्रा राम्रा देश बनाउने नेताहरुको पूर्ण बिबरण कविले यसरी उतारेका छन -स्रोत: नबयुवा}

No comments:

Post a Comment