Thursday, June 11, 2009

याहूका मित्रलाई पत्रचार

प्रिय मित्र ढाकमायाजी,
समयले नेटो काटेको कसैलाई थाहा हुँदैन, बगिरहन्छ, चलिरहन्छ र उडिरहन्छ आफ्नै नियममा। हामी फगत त्यही नियमको बन्दी हौ। न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने, गतिमान समयको पछी पछी हामी एक यात्री। यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने। तर हिंडेर कहिल्यै नथाकिने।
हेर्नुस् न हामी समयको पछी दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ। थोरै ठट्टा, थोरै सत्यता अलिकती बैसालु गफ धेरै रमाइला क्षण अनी केही पर्खाइ कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु। हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल। जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला र अझै दुबो सरी फैलिन पनि सक्ला अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले।
कता कता केही छुटे जस्तो, ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै। समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो मेरो के लाग्नु? सर्बशक्तिमान न हो जितिहाल्यो। तैपनी म पनि कहाँ हरुवा हुँ र? नथाकेरै हिंड्ने यात्री न हुँ कतै भेटी पो हाल्छु कि? कोशीश जारी छ ।

हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप थोकीसकेछ। म भने सधैं पछीको पछी। यस्पाली अलिकती बढी नै ब्यस्त भैयो। याहूमा खटर पटर गर्ने मौका जुरेन। त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्‍यो। ढिलाराम न परे तर खुशी साथ स्विकारी दिनु होला है त। आरमको कुरा पनि कती गर्नु जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै। प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने तब न मार खायो यो बदमाशले। लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त। जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर। अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने? बस् सकेको लेख्दै राख्नु होला। राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन तर अरु रमाइला गफ दिन नभुल्नु होला नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन। ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको, पढाई कहाँ पुग्दै छ? जारी राख्नु होला है। बिच बातैमा पुर्णबिराम लाउने होइन नि फेरी। मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर। अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल।
ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ। फेरी अर्को पटक भेट्ने बाचा गर्दै।
उही छट्टुराम छन्त्याल
बेल्जियम
(किन किन दिन धल्किन्छ थाहा नै नपाइ, साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै र भोलीको सुनौलो बिहानीको स्वागतार्थ..... सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट)

2 comments:

  1. Thank you very much fren, I wrote u in yahoo maile la.ur writing is too delicious hahahha
    dhakmaya

    ReplyDelete
  2. राइटिङ मात्रै delicious कहाँ? खाना पनि उत्तिकै स्वादिलो बनाउन जानेको छु तर डिप्लोमा हासिल गर्न एक बर्ष दिमाग घोट्नु जरुरी छ (हाँसो)।

    ReplyDelete