Tuesday, January 6, 2009

छन्त्याल चौतारीमा नरु भाईलाई जवाफ

नमस्ते नरु भाई, यहा अरु दुखको कुरा पनि छ हामी छन्त्याल हरुको पहिचानमा। मैले गूगल को सर्चमा आंखा दौदाउदा प्राय सबै आदिबासी जनजातिहरुको विकिपिदियामा आफ्नै परिचय सहितको फेहरिस्त साथै पुरै जानकारी पाएको छु तर छन्त्याल को बारेमा भने यो लागू भएको छैन किन? दुख का साथ नै भन्नु पर्ला हाम्रा अग्रजहरुले तेसो गर्न तीर ध्यान नै दिएका छैनन यो पनि एउटा परिचय हराउनु को कारण हो। हाम्रा आदरणीय दिल बहादुर छन्त्याल को मेहनत लाई पछिल्ला पुस्ताले गोल्तोमल नै बनाएको हो की जस्तो पनि लागेको छ। फगत एउटा कमिटी गठन गर्नु अनि बांकी काम भोलिलाई यो अर्को परिचय हराउनु को करण। शिक्षा को अर्को पातो त छदै छ आज सम्म छन्त्याल नामको डॉ. छन्त्याल सुनेको छैन बरु बिदेसियेको/लाहुरे छन्त्याल को परिचय चाहि छ। अनि हाम्रो छन्त्याल दीदी बहिनी हरुको लगानी सुन्य छ फेसबुकमा मुस्किल्ले १० जनाको नाम भेट्न सकिन्छ। गुरुङ, थकाली अनी अरु जनजातीको हेर्नुहुन्छ जुनसुकै ठाउमा पनि क्रियासिल जहा पनि तयार। हाम्रो छन्त्याल दीदी बहिनीहरु किन यसरी हराएका? फेसबुक मा उपस्थित संपूर्ण छन्त्याल मित्रहरु मा मेरो सबिनय अनुरोध हामी पनि कोसिस गरौ आफ्नो परिचय नागुमाऊ एक ले अर्को संग हातेमालो गरौ। धन्यवाद

4 comments:

  1. Oh..Jaju..so sweet jawaf. We need to create one website. ....tapai ko effort very very ...prasamsa yoggya chha. Keep it up. We should be united. We should come forward.

    ReplyDelete
  2. Hoina sathi tapaiko cast ko barema matra tetti derai effort kina ni hahhah but Chhantyal's traditional dress looks good and impressive.
    ur fren dhakmaya

    ReplyDelete
  3. धेरै धेरै धन्यवाद ढाकमायाजी, हाम्रो जाती लोप नै हुने सम्भाबना देखेर अली बढी फोकस गरेको हो तपाईंहरु को जस्तो छन्त्याल जातिको परिचय छैन अनी मगर जातीलाई त नेपालको जुनकुनै ठाउमा पनि चिन्दछन तर छन्त्यालहरुलाई शायद कमैले। मेरो ब्लगको उद्देस्य जातिबादी नभैकन आदिबासी जनजातीको रुपमा परिचय दिनु हो अनी तपाईंले पनि ब्लग हेरिदिएर सहयोग गर्नु भएकोमा फेरी पनि साधुबाद।

    ReplyDelete
  4. dhera dherai dhanyebad dina chahanchu s.b ji ani nar kumar ji malai pani kati dukha lagthyo hamro jati lop hune sambhabana bhayeko ka ani aja khusi pani lagyo ma jastai afno jati lop huna lageko ma chintit hune tapai sathi haru pani hunuhudo rahecha ho sathi haru ma pani bhanne gardchu hami aba yek bhayera hamro jatiye uthan ma agi badhanu parcha .

    ReplyDelete