Thursday, January 27, 2011

विदेशमा जातीय संगठन कति औचित्यपूर्ण ?


“लौ गुरु बेलायत जाम । हाम्रो छन्त्याल जातिको पर्व छार-म्हेङ मनाउन । खाने, बस्ने र आते जाते भाडापनि साथीहरुलेनै व्यवस्था गर्छन् । घुम्नुनी हुन्छ । हैन गुरु जसरीपनि मिलाम” बेल्जियम निवासी मित्र शेरबहादुर छन्त्यालले धेरै पटक हुटहुटी लगाए । अलिकति आफ्नो समुदायको पर्वबारे कलको निब घुमाउला भन्ने आशय त हुँदो हो नै । तर बढि छन्त्याल संस्क्रिति देखाउने मन र ठट्टिँदै बिताम्ला म सित भन्ने भावना हुँदो हो उनको ।

अर्को वर्ष जाने वचन दिएर बल्ल बल्ल चित्त बुझाएँ उनको । तर यो जाति बारे जे जति सुनेँ नेपालमा भन्दा यहीँ आएर बढि सुनेँ । माध्यम उनै छन्त्याल हुन् । नगएपनि मनमा कता कता बिझिरह्यो । अनि त्यो छार म्याङ मनाएपछिका केही दिन मैले खुब नियालेँ तस्विरहरू । कम्ती चुकचुकाइन म । नेपालको अति अल्पसंख्यक जनसंख्या भएको जाति यो । यति सुन्दर पर्व रहेछ । यसलाई व्यापक प्रचार प्रसार गर्नुपर्ने भन्ने लागिरह्यो ।

पछि उनले सुनाए- गुरु नेपालमा बरु कति जातिले आफ्नो संगठन खोलेका छैनन् तर बेल्जियममा त सबै जातिको छ । नामै नसुनिएको जातिकोपनि छ संघ संस्था । भोज भतेरमात्रै खानेदेखि देशकालागि चिन्तन मनन् र यस्तो दुइ चार पैसो लोभ नगरि सहयोग गर्नेपनि । थाह भयो- तिन दर्जन जति त बेल्जियममा मात्रै रहेछन् यस्ता दर्ता गरेका जातीय संघ संस्था । यस्ता संस्था बेल्जियम, बेलायत, पोर्चुगल, जर्मनीलगायत धेरै देशमा प्रशस्तै छन् । शेर्पा, थारू, मगर, गुरुङ, नेवार जातिका आआफ्नै । जिल्ला पिच्छेका उत्ति खुलेका छन् । नेपालीको संख्या जहाँ बढि छ त्यहाँ यस्ता जातीय संघ संस्थापनि बढि खुल्नु स्वाभाविक छ । पछिल्लो समयमा फ्रान्समा पहिलो पटक जातीय संगठन खुलेको छ- तमु समाज ।

फ्रान्समा तमु समाज खुल्नासाथ कतिपय रमाएका छन् । नेपाली नेपाली फुटाउन, जातीय सोचको बीउ रोप्न, भएका संघ संस्थालाई कमजोर बनाउन र केही तमुलाई नेतागिरी गर्न भनेर बुझ्नेपनि छन् कतिपय । केहीले त मलाई सिधै मेल लेखेर तमु समाज गठनको समाचार लेखेकोमा विरोधसम्म गरेका छन् । तरपनि घोत्लिनु पर्छ- विदेशमा यस्ता जातीय संघ संस्थाको कति उपयोगिता छ ? के यस्ता संघ संस्था खोलिनु आफैँमा अति आवश्यक हो ? के हुन सक्छन् यस्ता फाइदा र बेफाइदा ?

यस्ता जातीय संगठन खोलिनु आफैँमा राम्रो र नराम्रो दुबै होइन कि ! त्यो किनभने हामी खसहरूलाई हाम्रा दशैं तिहारलगायतका पर्व मनाउँदा खुशि लाग्छ । त्यसरी मनाउन नपाउँदा मन रुन्छ । आफ्नो भाषामा बोल्न नपाउँदाको पीडा जति हुन्छ, अन्य जातिकापनि हुन्छ नै । बरु यस्ता समाज गठन भए ती एकै ठाउँ भेला हुन्छन् । आफ्नो देशको एउटा जाति विशेषको धर्म, संस्क्रिति, र संस्कारको प्रचारप्रसार हुन्छ । त्यसो गर्दा अन्य जातिले, अरूले संगठित गर्न नसकेकालाईपनि संगठित गर्छन् । विदेशमा अन्य जातिका मानिसलाईपनि उनीहरूको संस्क्रितिबारे बुझ्न सजिलो हुन्छ ।

एकले थुकी सुकी, सयले थुकी नदी भन्छन् । ती संगठित भए भने सामूहिक चिन्तन गर्छन् । विदेशमा प्रचार प्रसार गर्छन् । विदेशी संस्क्रितिमा रमाउनुपर्ने बाध्यतालाई थोरै भएपनि न्यून पार्छ । आफ्ना केटाकेटीहरूलाई आफ्नै संस्क्रितिको पहिचान गराउँछन् । आफ्नो देशको संस्क्रिति र संस्कारमा विदेशमा जन्मे हुर्केका हाम्रा वालवालिकहरुलाई जति अभ्यस्त बनाउन सक्यो ती भविष्यमा उतिनै नेपालप्रति निकट बन्छन् । त्यसो हुनु भनेको अरू कुनै जाति विशेषलाई घाटापर्ने होइन । जुनसुकै जाति भएपनि आखिर ती नेपाली न हुन् सर्वप्रथम त । त्यसले समग्रमा नेपालकै प्रचार प्रसार गर्छ । नेपालकै हित गर्छ । उनीहरू जति बढि संगठित हुन्छन् उति अन्य कार्यक्रममा सहभागिता बढ्छ ।

आखिर गुलाफको फूल जतिसुकै सुन्दर भएपनि गुलाफ नै गुलाफको बगैँचा भन्दा सय थरी फूल मिसिएको फूलवारीलेनै बढि शोभा दिन्छ । तर त्यो फूलबारीमा फूल लगाइसकेपछि सबैलाई समान रूपमा मलजल र गोडमेल गर्ने, एउटा फूलको झ्याँगले अर्कोलाई असर पार्न नदिने काम त फूलवारि बनाउनेको न हो ।

कार्यक्रम त सबै संघ संस्था मिलेर, छलफल र बहस गरेर संयुक्त रूपमापनि त मनाउन सकिन्छ । तमुहरूलाई आफ्नो ल्होसार आफ्नै संस्क्रिति अनुसार मनाउन नपाउँदा, हामी खसहरूलाई दशैं तिहार मनाउन नपाइ हेरेर बस्नु पर्दा, छन्त्यालहरुले छार म्याङ मनाउन नपाउँदा जति पीडा हुन्छ त्यत्तिनै पीडा हुन्छ थारू जातिले आफ्नो माघी मनाउन नपाउँदा । मन सफा राख्ने, आत्मा खुल्ला र सहयोगी बनाए तमुको ल्होसारमा बाहुन र क्षेत्री, नेवार र थारू गएर जसरी नाचगान गर्न हुन्छ तिहारमा तमु र थारूको माघिमा उनीहरू सँगै मिलेर हाँस खेल गर्नपनि कुनै चीजले रोक्दैन । त्यसैले स्वच्छ मनले आफ्नो जातिकोमात्रै होइन सबैको भलो गरौं, मिलेर रमाऊँ, साथ लागेरै केही गरौं भने भावना राख्ने हो यस्ता जातीय संगठनले घाटा गर्दैनन् । हित नै हित हुन्छ ।

तर हामी फलानो जात भनेको हामी नै हौं । हामी आफ्नो पाराले मनाउँछौं अरूले जे गरुन् । हाम्रो संख्या धेरै छ अरू थोरै हुनेले जे सुकै गरुन् । हामी फलानो जातिकोमा अरूलाई किन बोलाउने ? बाहुन क्षेत्री खराब हुन्छन् । नेवार छट्टू हुन्छन् । मतवालीहरू भेडा हुन्छन् भन्ने सीमित जातियतावादीका कुरामा लागेर त्यसै गर्ने हो भने त्यसले पक्कै बिग्रह ल्याउँछ । भएको सद्भाव तोडिन्छ । आफू आफूमै मन मुटाव बढ्छ । एकलकाँटे बनाउँछ । हामी नेपाली होइन जाति विशेष भएर बस्न बाध्य हुन्छौं । विदेशमा संघर्ष गर्नुपर्नाका कठिनाईहरुमाथि झन् वैमनस्यता झ्यांगिन्छ । हाम्रा वालवालिकालेपनि त्यहि सिक्छन् ।

नेपालमा आफ्नो सीमित राजनीतिक, आर्थिक र व्यक्तिगत स्वार्थ पुरा गर्न नेता र हाम्रा राजनीतिक दलहरूले जातीय विग्रहको आगो झोसिदिएका छन् । त्यसरी हरेक जातिलाई फुटाउँदा उनीहरूलाई राज गर्न सजिलो हुन्छ । त्यो संस्क्रिति नभित्रियोस् भन्नेमा जातीय संघ संस्था खोल्ने मित्रहरूले ध्यान दिनैपर्छ । त्यसरी उक्स्याउनेहरु यहीँपनि छँदै छैनन् भन्ने छैन । हुन सक्छन् । त्यसलाई नियन्त्रण र हतोत्साहित गर्ने काम बुझक्किहरुको हो । कुनैपनि जाति विशेष मूर्ख, छट्टू, भेडा र खराब हुन्छन् भन्ने होइन । सबै जातिमा असल र खराब मानिसहरू हुन्छन् । मात्रा फरक त होला नै । त्यसैले जाति विशेषलाई हेरेर होइन कि व्यक्ति विशेषका असल र खराब पक्ष हेरेर संस्था हाँके बिग्रह ल्याउँदैन ।

पेरिसमा पहिलो जातीय संगठन खुलेको छ तमु समाज । तपाइहरूसित दुई विकल्प छन् । एउटा असल भएर, सबैलाई संगठित गरेर, अझ बढि मेलमिलाप देखाएर भविष्यमा अन्य जातीय संगठन खुल्न चाहनेहरुलाई असल बाटो देखाउने । अन्य देशकलाइपनि ‘तमु समाज होस् त पेरिसको जस्तो’ भनेर उदाहरणीय र सिको गर्न लायकको बनाउने ।

अर्को, माथि भनिए झैँ तमुहरू मात्रै आफ्नै पाराले हिँड्ने, अरु जातिकालाइपनि ‘उनीहरूले आफ्नै जातीको संस्था खोलेर फुटाउन खोज्छन्, हामी गुरुङ के कम, हामी सबैभन्दा असल, अरु जातिकालाई हामीले किन पुछ्ने’ भनेर जाति पिच्छे फुट ल्याउने । दश जना भएपनि आआफ्नै जातीय संघ संस्था खोल्ने । आफू आफूमै सीमित रहने । नेपालमा नेताहरूले जाति जातिबिच फुटाएको बीउ यहाँ ल्याएर छर्ने । गुरुङ साथीहरू यो त मेरो स्वच्छ मनले दिएको सुझाव हो, अन्यथा नलिनु होला । भत्काउने की सपार्ने तपाईहरुकै हातमा छ है !!
- ददी सापकोटा, फ्रान्स

Wednesday, March 17, 2010

छन्त्याल जातिको लोपोन्मुख संस्कृति : योगेन्द्रमिलन छन्त्याल, हाल जर्मनी

"नेपाल अधिराज्यभर २१ जिल्लाहरुमा बसोवास गर्दै आएका करिब १३ हजार छन्त्यालहरु पूर्वाधार तथा संभावनाहरुको कमिका कारण राज्यबाट उपेक्षित बन्नुपर्दा त्यत्ति दुखी छैनन् जति दुखी आफ्नो जातिको उत्पत्ति र ईतिहासबारे कुनै प्रमाणिक आधारहरु प्राप्त नभएकोले किंवदन्तीमा मात्र चित्त बुझाउनुपर्दा छन् ।"


"प्रसिद्ध समाजशास्त्री मोहन मल्लका अनुसार तत्कालीन बाइसी चौबिसी राज्यताका कर्णालीको सिन्जाका एक पाल्चन ठकुरीका सन्तानहरु मध्य आपसी झै-झगडाका कारण एकजना मुस्ताङको थाकखोला आई बसोवास गरेकाले थकाली र अर्का बाग्लुङ जिल्लाको ढोरपाटन उपत्यकाको 'छ्यान्टुङ' भन्ने ठाउंमा बसोवास गरेकाले छन्त्याल कहलिएको भन्ने मान्यता बढी विश्वासनीय छ । हामी अझै वास्तविक ईतिहासको खोजीमा लागिरहेका छौ ।" नेपाल छन्त्याल संघका अध्यक्ष मनिचन्द घरब्जा छन्त्याल भन्नुहुन्छ ।

सामान्यत, मगर जातिसंग मिल्ने बनावट, बोली, भाषा, रहनसहन र खानपीन भएका छन्त्यालहरुलाई धेरैले मगर माने पनि उनीहरुको छुट्टै भाषा "खाम" बोल्ने गर्दछन । 'मगरहरु सुँगुरको मासु खान्छन तर छन्त्याल सुँगुरलाई छोयो भने गंगाजलले नुहाउनु पर्दछ । मगर रांगो खान्छ तर छन्त्यालहरु खाँदैनन । मगर र छन्त्यालको खास भिन्नता देखिने उनीहरुको संस्कार नै हुन् । मगरहरु मामाको छोरीसंग विवाह गर्छन् तर छन्त्याल मामा चेली-फुपुचेली दुवैसँग दोहोरो विवाह गर्ने चलन छ । यिनै संस्कारका कारण छन्त्याल मगरभन्दा छुट्टै जाति भएको प्रष्ट हुन्छ ' बाग्लुङ बोंगादोभानका भू. पू. उपाध्यक्ष रेशमबहादुर छन्त्याल बताउंनुहुन्छ ।

'करिब ५ सय वर्षअघि खानी पेशामा लागेका छन्त्यालहरु कालान्तरमा संख्या वृद्धि हुँदै जांदा थुप्रै समूहमा बांडिएर जीवन गुजारा चलाऊन खानी खोज्ने क्रममा बाग्लुङको बोंगाखानी, ढोरखानी, भीरखानी, खुंङ्खानी, लाम्मेलाखानी, घोसाखानी, शिसाखानी, राङ्खानी, लेखानी, हाँडिखानी, पाण्डवखानी म्याग्दीको गुर्जाखानी, छापाखानी, कुइनेखानी, मंगलेखानी, मल्कबाङखानी सुर्खेतको साताखानी रुकुमको बिर्बुङखानी आदी ठाउंमा पुगेको अनुमान गरिन्छ । यी मध्ये केही खानीहरुमा काम गरिरहेकै बेला करिब सय वर्ष पहिले सरकारले चर्को भेजा (सरकारी कर) लगाएछ तैपनि २ - ४ वर्ष जेनतेन भेजा तिर्ने कोशीस गर्दागर्दै हातमुख जोड्नै नसक्ने अवस्था आएपछि भेजा तिर्न वेवास्ता गरेछन् । भेजा तिर्न नसक्दा सरकारी मान्छेहरु खानी खानीमा पुगेर छन्त्यालहरुलाई थेर्का (कडा सजाँय दिन बनाइएको काठ र फलामको साधन) मा कोचेर सजाँय दिएछन । अनि त वाध्य भएर ८०-९० वर्ष यता छन्त्यालहरु कृषि पेशा गर्दै आएका छन् ।' ललितपुर निवासी छन्त्याल संघका भू.पू. कोषाध्यक्ष ज्यानदेवी घरब्जा छन्त्याल बताउंनुहुन्छ ।

आफ्नै गाउं वस्तीमा उत्पादन हुने हार्डुला ( भेडाको ऊनबाट हातैले बुनेको एक प्रकारको ज्याकेट), दोचा, भाङ्ग्रा, मजेत्रो, लगायत गुन्यूचोली, टेखी, खाडी, धोरो (साफा, फेटा) मा सजिएर रमाउने छन्त्याल पुर्खाको भेषभूषा र जीवनशैलीलाई आधुनिकताको खोल ओढेको पाश्चात्य संस्कृतिले पूरै मात्रामा विस्थापन गर्न लागेको अवस्थामा छ । दशै, तिहार, माघे संक्रान्ति, फागु पूर्णिमा, नयाँ वर्ष, साउने संक्रान्तिजस्ता चाडपर्वमा पुराना स्वादहरु गुम्दैछन ।

मादल, मुर्चुङगा, डम्फु, घण्ट, झ्यालीका धुनसँगै घन्किने खेली, ठाडो, चुट्के र लालै भाकाहरुकाबारे ओछयानमा थला परेका बुढापाकाहरुसँग मात्र बुझ्न सकिन्छ त्यो पनि संस्मरण स्वरुप । लाग्छ, अब खेली र चुट्के भाकाका ती हलुका ज्यान बनाएर फुरुंग हुँदै नाचेको देख्ने जमाना फर्कदैनन होला । पहिलो सन्तानको रुपमा छोरा जन्मिदा पुट्पुराउका सरस्वती र खेली नाच पनि ओझेल पर्दैछन । भात खुवाइ (पास्नी), छेवर (चुडाकर्म), गुन्यूचोली र वैवाहिक संस्कारले पनि रुढीवादी संज्ञा पाउंदैछन् । अन्त्येष्टी संस्कारमा पनि छन्त्यालहरुको वस्तीपिच्छे समानता पाइदैन । लगभग ३ हजारले बोल्ने छन्त्याल भाषा (खाम) को अस्तित्व बोकेका ठाउंहरु मानिने म्याग्दीका गुर्जाखानी, कुइने, मंगले, मल्कबाङ र गुल्मीको भार्सेबाट बिस्तारै लोप हुँदै गएको छ । वि. सं. २०४० साल पहिले भारतीय र ब्रिटिश सेनामा भर्ती हुन मगरहरुको पुन, थापा, बुढा, राणा आदि थर लेखाउनुपर्ने बाध्यतामा परेका नयाँ युगका केही छन्त्यालहरु आफ्नो जातीय पहिचान लुकाएको पाईन्छ । जातीय संस्कृतिमा विचलन आएर थकाली र मगरसँग सोलीडोली चलाउंने र आफ्नो रीतिरीवाज र धर्म संस्कृतिमा फेरबदल गरेका पनि छन् केही छन्त्यालहरु ।

त्यसो त छन्त्यालहरुमा आफ्नो भाषा, संस्कृति र जातीय उत्थानका लागि चिन्ता नभएको होइन । वि. सं. २०४३ सालमा दिलबहादुर घरब्जा छन्त्यालको नेतृत्वमा जातीय भलाई र उत्थान गर्न भनी 'छन्त्याल परिवार संघ' को स्थापना भएको थियो । यसले २०४९ असार २९ गते विधिवत संस्थाको मान्यता पाएको थियो । वि. सं. २०५२ मा प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व परिवर्तन सँगसगै यस संघको नाम "नेपाल छन्त्याल संघ" मा परिवर्तन गरियो । यस संघबाट पुस्तिकाहरु प्रकाशन, जातीय संस्कार, स्मारिका २०५४ प्रकाशन र कार्यान्वयनका लागि निर्देशन, जातीय कार्यकलापहरु आदि कार्यहरु संचालन गरेको पाईन्छ।

उमेर खाएका व्यक्तिहरु मात्र होइन छन्त्याल युवायुवतीहरुलाई पनि आफ्नी भेषभूषा, साँस्कृतिक चाडपर्व र संस्कारप्रति उत्तिकै चासो र माया छ । लोकदीप आवासिय मा. वि. बेनी कक्षा १० मा अध्ययनरत छात्रा कुमारी छन्त्याल विद्यालयको पोशाकभन्दा गुन्यूचोली लगाउन मन पराउने बताउंनुहुन्छ ।

दशौ राष्ट्रिय जनगणना २०५८ पहिले तथ्यांकमा नदेखिएका छन्त्यालहरुको त्यस जनगणनामा ९ हजार ८ सय १४ जनसंख्या देखिएको छ । तर संघका सर्वमान्य संस्थापक दिलबहादुर छन्त्याल यो तथ्यांकमा असहमत प्रकट गर्दै भन्नु हुन्छ - "हामीले २०५५ साल पहिले गरेको जनसंख्या विवरणमा ५ हजार ६७ महिला र ५ हजार ४ सय ५४ पुरुष गरी कुल १० हजार ५ से २१ तथ्यांक तयार पारेका थियौं । तथ्यांक विभागले त्यो संख्या घटाइदिनु दु:खलाग्दो कुरो हो ।"

हालसम्म छन्त्यालका उल्लेख भएका विभिन्न थरहरु भलंजा, बुढाथोकी, डांडामारे, घरब्जा, घर्ती, घ्याप्चन, झिङराजा, खड्का, पोट्लाङ्गे, पुराने, सिङे, तथप्जा छन् । केही थरका उपथर पनि छन् तर अझै झिङनेल थर लगायतका छन्त्यालहरुले आफ्नो थर केन्द्रिय तथ्यांकमा नसमेटिएको गुनासो गरेको पनि पाईन्छ । छन्त्यालहरुको आफ्नो पूर्वजहरुले खानी निकालेको अति विकट, दुर्गम र हिमाली वस्तीहरुमा बस्दै आएको पाईन्छ र यिनीहरु बसोवास गर्ने ठाउँको नाम पछाडि 'खानी' भन्ने शब्द जोडिएको पाईन्छ । अधिकांश निम्न आर्थिक स्तर भएका छन्त्यालहरुको विकट वस्तीहरुमा न त सरकारी सुविधाहरु पुगेका छन् न त सरकारको उपस्थिति नै छ ।

मुलुकमा साधरण नागरिकको रुपमा समेत परिचित हुन नसकिरहेका छन्त्याल जातिकोबारेमा विदेशीहरुले समेत चासो लिएर अध्ययन अनुसन्धान गरेको पाईन्छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कान्सिस मिल्वाउकीका प्रोफेसेर डा. माइकल नुना र डा. विलियमा वाग्लीमा समेतले विधावारिधीका लागि छन्त्याल भाषा र संस्कृतिको खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका छन् ।

नेपालकै दुर्लभ र अल्पसंख्यक जातिको रुपमा चिनिने छन्त्याल जातिको सम्बन्धमा संचार माध्यमहरुले पनि खासै चासो र ध्यान नदिएको गुनासो नीशा छन्त्यालको छ । उहाँ भन्नुहुन्छ - "दिनानुदिन टेलिभिजन र रेडियोमा विदेशी गीत संगित घन्किरहन्छन, किसिम किसिमका फेशनहरुको प्रचार गरिन्छ तर आफ्नै देशको मौलिक संस्कृति बोकेको छन्त्याललाई उपेक्षा गरिन्छ। यो साह्रै दु:खको कुरा हो ।"

बाग्लुङ जिल्ला क्षेत्र नं ३ का निवर्तमान सांसद परी थापा छन्त्याल भन्नुहुन्छ- "शिक्षामा पिछ्डिएकोले नै छन्त्यालहरु सबै क्षेत्रमा पछाडि पर्नु परेको हो । सरकार र राज्य संयन्त्रको नेतृत्व 'उच्च र कठित जातिहरु' मा मात्र सीमित छ । राजनीतिक पार्टी र संघसंस्थाहरुमा पनि उच्च जातिका मानिसहरुको नै हालिमुहाली र आधिपत्य रहेको छ । विकट गाउंमा बस्ने छन्त्यालहरुको बारेमा सोच्नुपर्ने आवश्यकता नै ठान्दैनन सरकार र राजनीतिक पार्टीहरु ।"

राज्यका साधन स्रोत र सुविधाहरुदेखि कोशौ टाढा र विकट गाउंहरुमा अभावग्रस्त जीवन बिताइरहेका छन्त्यालहरु अस्वभाविक राजनीतिक किचलो देखी वाक्क छन् । उनीहरु भन्छन - "सरकारले हाम्रो लागि केही गर्ला भन्ने हामीलाई आशै छैन । देशमा शान्ति भइदिए कमसेकम आफ्नो संस्कृति जोगाउनका लागि केही प्रयास गर्दै शान्तिपूर्वक बाँच्न त पाइन्थ्यो ।"

(यो लेख गोरखापत्र संस्थानको मासिक पत्रीका "युवामन्च", हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, म्याग्दी सन्देश साप्ताहिक, जनजाति सन्देश लगायतका पत्रिकाहरुमा समेत प्रकाशन भएको थियो । हाल उहाँले जर्मनीबाट चेतनामूलक रेडियो कार्यक्रम "हाम्रो चाहना" संचालन गरिरहनु भएको छ । ब्लगमा लेख साभार गर्ने अनुमति दिनु भएकोमा लेखकलाई बिशेष धन्यबाद ब्यक्त गर्दछु।)

Sunday, February 21, 2010

झंकारपूर्ण आदिबासी गीत

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

सृस्‍टिको सुन्दर बिहान हामी

मनिसको पहिलो पहिचान हामी

यो बिशाल धर्ती हाम्रो रचना

हेर कहाँ छैन हाम्रो पसिना

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

हामी संगै जन्मे तराइ, पहाड हिमाल

हामी संगै हुर्के नदी , बन जंगल

हामीलाई पछ्याउदै बन्यो मूलबाटो

हाम्रै रगतको हो रंग यो माटो

हामी आदिबासी , हामी जनजाति .... आदिबासी, जनजाति ।

हामीले सिकायौं अरुलाई हिंड्न

अब हामी आँफै तयार छौ भिड्न

अधिकारको जो आत्मनिर्णयको

जातिय पहिचान सभ्यता सुनौलो ।

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

Monday, September 21, 2009

माधब जी सँग धमलाको इलु इलु भलाकुसरी


क्या बात भैया ? धन्य धन्य हो । मुझे लगा था नही कि आपने मेरे किया करम पर इतना सरप्राइज गिफ्त देने वाले था । अगर ऐसा गिफ्त देने वाले बात मेरेको पहेले पता होता ना पुरी काठमाण्डु जलाकर धमाका करदेनेको भी पिछे नही । हमारा पर इतना पावर हे कि आप नजराअन्दाज नही कर सकते ।

सूद भैया तो मेरा मामाका भान्जा हें । हमारे दुरीं एक इन्च का फरक भी नही । मेरा रोजका आना जाना, खान पान सबकुछ उधरी हे । सिर्फ वो क्या बोल्ते हे आइडेन्टी नेपाली करके रखा हुँ । इस लिए क्यू कि बुद्धु नेपाली लोग मेरेको पहिचान ना पाए । सबकुछ जन्नेका बाद आपने इतना बडा सरप्रैज देही दिया तो मे भि आपको आइ लभ यू बोलने का । दिल से, सच भैया । बस वो हथियारों और गोला बारुद जरुरत पदे तो मेरे को कन्ट्याक कर देना वही रिपोर्टस क्लब मे । २४ घण्टे चौखन्ना आपके लिए । और एक बात अगर सरकार बाहर वाले लोग आपको बहुत परेसान कर ने लगे ना मे सुजाता बेहेनाको भी समझाके सुद को इन्फर्म कर दुंगा । फिकर मत करो भैया । हम हे न आप के साथ । जय हो हिन्द की !!!

(प्र म सँग अमेरिका भ्रमण जाने सपना पुरा गरिदिएकोमा धमलाले सुजाता र माकुने गड्याङको प्रसँशा गर्दै खर्चेका अमुल्य शब्दहरु )

Wednesday, September 16, 2009

गूगलमा छन्त्याल खोज्दा

1. Who are the Chhantyals?
Chantyals are one of the indigenous ethnic groups of Nepal of the Himalayan and hilly regions of Nepal.
2. How was this tribe named?
Chhantyals belong to the clan group of Thakuri. They used to drink alcohol and eat food while resting the fatigue from mine digging, which was against their tradition. So they snaped (chhinale) their worn scare thread. Therefore, this tribe was named " Chhantyal" from the word "Chhinale ".
3. Where do they live ?
Chhantyals have settled down in Gurjakhani, Malampurkhani, Kuine and Chourkhani of Myagdi district. Also they live in Narjakhani, Bongakhani, Khungakhani, Ghosakhani and Ghaikhet of Baglung district. As the population increased, they immigrated to Gulmi, Rukum, Jumla, Kathmandu, Parbat, Mustang and several other districts.
4. What is the population of this tribe?
In accordance to the census of 2058 B.S., the total population of this tribe is 9,814. However, the population has been 12,500 according to the internal data collection of the Central Office in the same year.
5. What is the percentage of the literacy rate?
According to the National Census of 2058 B.S., 34% people of this tribe are literate. However, internal data shows 45 %.
6. How do Chhantyals look like?
They have Mongolian appearance with round face, a bit shorter nose, and black eyes and of short stature.
7. Which language do they speak?
They speak their own "Kham" language. It is similar to the Gurung Language in some extent.
8. How is their clan group divided?
Chhantyals are divided in many clan groups. They are: Gahraba, Thathabja, Bhalanja, Jhinraja, Ghyapchan, Khadka, Gharti, Purane, Budhathoki, Patlange and Dandamore.
9. What are the festivals celebrated around the year?
Chhantyals have their own feasts and festivals. Madhya Kanwausaun (Shrawan 1st) and Chharamheng (Magh 1st)
10. What religion do they follow?
They follow Buddhism.
11. What are the traditional customs?
They have many traditional customs and usages of their own. After the birth of a new decendent, birth celebrations (Nwarani, Pasni, Chhaiti) have been organized. When the eldest son is given a birth in a family, a congratulation ceremony is held. The religious activities like "Chudarmarma", "Chhewar", "Pachani" are carried out in odd number of months and years from the birth. As in Thakali and Gurungs, Chhyantyals have practice of arrange marriage with their cousin. When someone dies, a purification celebration is held on the 13th day. Religious activities are done by son-in-laws on that day.
12. What is the occupation?
The main occupation of them is agriculture. However, some people go to foreign countries for job opportunities.

{माथि दिइएका छ्न्त्यालको बारेमा "सिङ्गे" छुटाएको छ ।यस्ता गल्ती खोजेर सुचना दिनु छन्त्यालहरुको कर्तब्य हो कि ?}