Sunday, August 30, 2009
फोटो फिचर
Friday, July 10, 2009
संचार भित्र फन्को मार्दा मेरा मन जितेका लेखहरु:
एउटा बूढो बकुल्लो थियो, इतिहासबाट पराजित र समुदायबाट विस्थापित । आफ्नो तेज सकिएपछि त्यो बकुल्लो तलाउको किनारामा बसेर भ्रमको खेती गरिरहन्थ्यो । र, त्यसैबाट उसको जीविका चल्ने गरेको थियो । यो तलाउ चाँडै सुक्दै छ र सबै माछा मर्नेछन् भनेर त्यो बूढो बकुल्लोले माछाहरूको मनमा हाहाकार उत्पन्न गराएको थियो ।साथै, चुच्चाले च्यापेर सोझा माछाहरूलाई कहिल्यै नसुक्ने ठूलो तलाउमा पुर्याइदिन्छु भन्ने तर्कको आडमा त्यो बकुल्लोले सोझा-साझा माछा च्याप्दै अलिक पर लगेर आहारा बनाउने गरेको रहेछ । नेपालको वर्तमान राजनीतिक सन्दर्भमा यो कथाको तात्पर्य हो- एकीकृत माओवादीलाई लिट्टे बनाउँछन् भनेर आकुल बनाउन खोज्ने र कांग्रेस-एमालेलगायतका दललाई माओवादीले जनवादीकरण गर्छ भनेर बकुल्लाको मुखमा पुर्याउन खोज्ने षड्यन्त्र सेनाका सीमित अधिकारीमार्फत नेपाली इतिहासबाट पराजित पूर्वराजतन्त्रले गरिरहेको छ । बूढो बकुल्लाको तर्कजस्तै, माओवादीभित्रको एउटा तप्काले जनवादीकरण र सीमितले मात्र दल खोल्न पाउने बहसले भ्रम बढाउन बल पुर्याएको छ भने वर्तमान सरकारको नेतृत्वसहित पराजितहरूको बाहुल्यले जनतालाई भन्दा आफूलाई सत्तासीन गराइदिनेहरूप्रतिको समर्पण र भक्तिले अहिले नेपाली राजनीतिमा अन्योल छाएको हो । तर, परिवर्तनको विपक्षमा जाने आँट कसैले गर्न सक्दैन । त्यसैको परिणाम हो- अहिलेको अस्थायी सम्झौता । यसैलाई स्थायी बनाउन सकियो र समयमै संविधान लेख्न सकियो भने आशंकाका बादलहरू स्वतः छाँटिँदै जान्छन् ।
नेपालमा विपरीत धारमा हिँडिरहेका राजनीतिक शक्तिहरूको एकताबाट अभूतपूर्व परिवर्तनहरू सम्भव भएका छन् । ती परिवर्तनको स्वामित्व, संरक्षकत्व र अपनत्वको एजेन्डा बोकेर जो जनतामा जान्छ, त्यही दल र राजनीतिज्ञको भविष्य उज्ज्वल हुन्छ । जतिसुकै व्यवधान देखाउन खोजिए पनि संधिवान नलेखी अब धरै छैन । संघीयताका बारेमा आशंका गर्नेहरूले के बुझ्नुपर्छ भने त्यसलाई व्यवस्थापन गर्ने दायित्व राजनीतिक दलहरूको हो । नेपालमा देखा परेको केही आवेगबाट तर्सिएकाहरूले छिमेकमा उठेका केही डरलाग्दा लहरबाट पाठ सिक्दै सान्त्वना लिन पनि सक्नुपर्छ । चीनको मध्यएसिया सिमाना जोडिएका प्रान्तमा अहिले उहिगुर समुदाय र हान समुदायबीचको द्वन्द्वबाट के बुझ्नुपर्छ भने जातीय मामलाको व्यवस्थापन हुन नसक्दा समस्या आउँदोरहेछ । नेपालमा बरु समस्या त्यो हदसम्म बल्झेको छैन र यहाँ व्यवस्थापनको प्रक्रिया राजनीतिक तवरबाटै अगाडि बढ्दै छ । भारतमै हेर्नुहुन्छ भने त्यहाँका पर्वतीय क्षेत्रका पहाडी बासिन्दाहरूले आफू मैदानी इलाकाका श्यामवर्णका नागरिकबाट उत्पीडित भएको गुनासो गर्दै आएका छन् । उत्तर-भारतको पहिचान नै समग्र भारतको पहिचान बनाउन खोजियो भनेर मध्य र दक्षिणी भारतका नागरिकले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । अर्थात् क्षेत्रवादको नाममा नेपालका छिमेकीहरूमा विद्रोहको नयाँ लहर पैदा हुन थालेको छ । यही क्षेत्रवाद पृथकतावादको बीउ भएको ठानेर छिमेकी भारत र चीन आ-आफ्नो राष्ट्रिय सुरक्षाको नाममा नयाँ सुरक्षा रणनीतिसहित नेपालमा आफ्नो विशेष उपस्थिति चाहन्छन् । छिमेकीका यी रणनीतिक स्वार्थ र संशयको फाइदा उठाउँदै सेनाका केही अधिकारी हौवाको खेती गरेर नेपालको शान्तिप्रक्रियाको गला निमोठ्न चाहन्थे, जब कि यसमा प्रयोग भएका केही दल र नेताहरू आफँै नराम्रो भासमा फसेको र शान्तिप्रक्रिया टुटे जनताले क्षमा नगर्ने हुँदा अहिले स्थितिमा परिवर्तन आइसकेको छ ।
समाजमा विद्यमान अराजकता र आक्रोश चुरो बनेको बढ्दो दण्डहीनता हो । मानवअधिकार उल्लंघन घटना हो भने दण्डहीनता प्रवृत्ति हो । विगतमा राजनीतिक दलहरूले जसलाई दण्ड दिनुपथ्र्यो, नदिएर पुरस्कृत गर्दा अहिले तिनैले लोकतन्त्रको घाँटी निमोठ्न खोजे । अपराध र मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवारलाई अभयदान दिँदा समाजमा अराजकता उत्पन्न भयो । गणतन्त्रलाई धारेहात लगाएर सराप्नेहरूले यही अराजकताको आडमा सलबलाउने प्रयत्न गरे । सहिष्णुता नभएको समाजमा अधिकारको सम्मान पनि हुँदैन र कर्तव्यबोध पनि हुँदैन । सहिष्णुता भनेको सम्मान, ग्रहणशीलता, स्वीकारोक्ति र विविधताको सराहना हो । अनेकताबीच एकता सद्भावबाट सम्भव छ भने समृद्ध विविधताबीचको सुमधुरता नै सहिष्णुता हो । सहिष्णुताले जडसूत्रवाद र हठवादितालाई खारेज गदर्ैै बहुलवाद र बहुआयामलाई स्वीकारोक्तिसहित सबै अधिकारको उपयोगलाई पुनर्पुष्टि गर्छ । समस्या नेपालमा के हो भने असहिष्णुतामा वृद्धि । विश्व इतिहास हेर्ने हो भने युद्ध र दंगाबाट ध्वस्त अफगानिस्तान र बुरुन्डीले अहिले आएर अन्तर्राष्ट्रिय फौजदारी अदालत विधानलाई अनुमोदन गरेका छन् । तर, नेपालमा मानवताविरुद्धको अपराध रोक्ने उद्देश्यले जारी भएको त्यो रोम विधान अनुमोदन गर्ने लक्षण अझै देखिएन ।
त्यस्तै, जातीय युद्धको डरलाग्दो पीडा भोगेको रुवान्डाले अहिले आएर मृत्युदण्डविरुद्धको महासन्धिलाई अनुमोदन गरेको छ । तर, सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण भविष्यतर्फ रूपान्तरण हुँदै गएको भनिएको नेपालमा एकथरीले भावनात्मक आवेगमा आएर मरिसकेको मृत्युदण्डको प्रावधान बौराउने माग गर्न थाल्नुभएको छ । सीमित केही महिला अधिकारवादीले मृत्युदण्ड भएका केही स्वतन्त्रताविहीन मुलुकको उदाहरण पेस गर्नुभएछ । तर, उहाँहरूले यो तथ्य बिर्सनुभयो कि त्यस्ता देशमा महिला स्वतन्त्रतालाई उच्शृंखलता मानेर महिलालाई मृत्युदण्ड दिने वा कठोर सजाय दिने प्रावधान पनि छ । मूल कुरो कानुनी शासन, शान्ति र सुव्यवस्थाको हो, अपराधको राजनीतीकरण गर्ने, राजनीतिको अपराधीकरण गर्ने र अपराधको व्यापारीकरण गर्न खोज्ने प्रवृत्तिले जनतामा आक्रोश पैदा भएको हो, तर यसको अर्थ मृत्युदण्ड ठीक भने होइन । मूल जिम्मेवार राजनीतिक दलहरू हुन् । बलवान, धनवान र सर्वशक्तिमानलाई कारबाही नगर्दा यो स्थिति पैदा भएको हो । गम्भीर अपराधको आरोपमा समातिएकाहरूलाई दलहरूले नै छाड्न दबाब दिने, अदालतले सजाय सुनाएका र मुद्दा चलाएकाहरूलाई सरकारले नै मुद्दा फिर्ता लिने र अड्डा-अदालतबाट न्याय पाइँदैन भन्ने मानसिकता बोकेर भीडले नै न्याय गर्ने नाममा उत्पन्न अराजकताले मुलुकको हित गर्दैन । त्यसमाथि पनि दण्डहीनताको मामलामा जिम्मेवार राजनीतिक दलहरूले आफ्नो कमजोरी ढाकछोप गर्न मृत्युदण्डजस्ता अस्वस्थ बहसको सहारा लिनु राजनीतिक उग्रवाद हो ।
अहिलेको मूल प्रश्न एकताबाट सम्भव भएको परिवर्तनलाई निरन्तरता दिँदै एकताबाटै संविधान लेख्न र कार्यान्वयन हो । यो दायित्वबाट हट्ने दल वा राजनीतिज्ञलाई मतको माध्यमबाट भविष्यमा जनताले नै दण्डित गर्नेछन् भने समयमै संविधान लेखनमा सहयोग गर्ने दल र सभासद्लाई जनताले पुरस्कृत गर्नेछन् । दुई सय ४० वर्षसम्म गुम्सिएर बस्न विवश भएका सबैले अबको दुई सय ४० दिन पर्खनुपर्छ । संविधान लेख्ने दायित्व पाएको संविधानसभाले आफ्नो काम गरिरहेको अवस्थामा कुनै पनि आन्दोलन वा अराजकताले देशलाई दशकौँ पछाडि धकेल्न सक्छ । ब्याट्री डाउन भएको गाडी स्टार्ट गर्न धकेलिराख्नुपरेजस्तो नागरिक समाजले दिशा बिर्सिएका दलहरूलाई झक्झकाइराख्नुपर्छ । दबाब दिनुपर्छ- समयमै संविधान लेख्नका लागि । तसर्थ, नागरिक आन्दोलन दलहरूबीचको कटुता र शत्रुता अन्त्य गर्ने सेतुका रूपमा उभिने धारणा राख्छ । तर, यसको अर्थ परिवर्तनविरोधीहरूलाई बल पुर्याउने भने होइन ।
समयमा संविधान लेखिएन भने त्यसपछि संविधान लेखनलाई नै केन्द्रबिन्दुमा राखेर हाम्रो अहिंसात्मक र रचनात्मक आन्दोलन देशभरि फिँजारिन्छ । हाम्रो लक्ष्य हो- मानिसहरू कोही पनि नमरून् । रोगबाट, भोगबाट, अकालबाट, दुर्घटनाबाट वैज्ञानिक आविष्कारबाट, युद्धबाट, सशस्त्र द्वन्द्वबाट, आपराधिक समूहबाट कोही पनि नमरून्, नमारियून् । जीवनको अधिकारको सदैव सम्मान होस् । राजनीतिको केन्द्रबिन्दुमा सदैव देश र जनता रहून् । लोकतान्त्रिक मूल्य र मान्यताको सर्वत्रबाट सम्मान होस् । जाजरकोटमा झाडापखालाबाट ९० भन्दा ज्यादा नागरिक मरिसके । कणर्ालीमा भोकमरी छ । तर, कहिल्यै नअघाएका केही नेपाली राजनीतिका यी सबै समस्याप्रति उदासीन छन् । संवेदनहीन राजनीतिको गर्भबाटै ठुल्ठूला अनर्थ उदाएका छन् । र, अतिवाद पैदा भएका छन् । नेपाललाई यस्ता अनर्थबाट मुक्त राख्न मूल्यको राजनीति, निष्ठाको राजनीति र गौरवको राजनीतिक संस्कृतिले बढावा पाउन आवश्यक छ । जब कि, भइरहेको के छ भने महामहिम राष्ट्रपतिमहोदयको ०६६, २० वैशाखको कदमपछि सारा विकृति एकसाथ मलजल पाएर हलक्क बढेको देखिन्छ । संविधान लेखनभन्दा तीन-चार महिनाको सत्ता प्राथमिक भएको बुझन्िछ । पद्धतिलाई बलियो बनाउनुभन्दा पार्टीलाई बलियो बनाउने नाममा नीतिविहीन आचरण बढेको देखिन्छ । जनतालाई बलियो बनाउनुको साटो नेता बलियो हुने कसरतमा लागेका छन् । बूढो बकुल्लोको कथाजस्तो माछाहरूलाई त्रसित बनाउनमा फेरि कहीँ जनवादीकरणको नारा र सीमितले दल खोल्न पाउने माओवादी बहसले पनि अप्ठ्यारो पारेको छ । राष्ट्रपतिको अवैधानिक कदम, सत्तारुढ २२ दलका सत्तालिप्सा र एकीकृत माओवादीका केही स्वतन्त्रताविरोधी आचरण र कदमलाई सच्याई नेपाललाई अतिवादबाट मुक्त राख्ने प्रयत्न गरौँ । बुरुन्डी, रुवान्डा र अफगानिस्तानले भोगेको नियति दोहोरिन नदिन देश, जनता र मानवताको सर्वोच्च हितप्रति गम्भीर बनौँ । शान्तिप्रक्रियालाई बल पुर्याऔँ । समयमै संविधान ल्याऔँ र बहुलवाद तथा स्वतन्त्रता र मानवअधिकारको संरक्षण गरौँ ।
( मानबाधिकारबादी नेता कृष्ण पहाडीको लेख नयाँ पत्रीका बाट साभार गरिएको )
Tuesday, July 7, 2009
लुखास्तसँग १३ बर्षपछी प्रत्यक्ष कार्यक्रममा भेट
नेपालीको नानी देखी लागेको बानी निर्धारित समयमा कार्यक्रम होला भन्नु आकाशको फल जस्तै। निर्धारित समय थियो जुलाई ५ तारिख दिनको ३ बजे तर त्यही समयमा स्वयमसेबक मित्रहरु हतार हतार मन्चमा टूल ताङ्दै थिए। प्रतिक्षारत दर्शकले ४ बजे पछी मात्रै कार्यक्रम शुरु भएको महसुश गर्नुपर्यो। शायद आयोजकले ढिला भएको महशुस गरेरै होला औपचारिक कार्यक्रम (आसन ग्रहण, स्वागत मन्तब्य , उद्घोषण) त्यती लामो गरेनन।एन. डि . एफ. बेल्जियमका तुलसीनाथ सुबेदीको अद्यक्षता र नेपाली राजदुताबास, बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको थियो। प्रमुख अतिथिको रुपमा नेपालीहरुले सबै एक भएर आफ्नो कला र सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्दै गर्दा क्यामरा क्लिक क्लिक गर्दै म भने उहाको गेटअप हेर्दै थिए। यूरोपमा यस्ता कार्यक्रममा मैले पहिले बिशेष रुपमा बोल्दै गर्ने ब्यक्तीहरुले रुद्रघन्टी पनि सुन्नियो कि झै गरी टाइ बांधेर गजधुम्म पर्दै बोलेको धेरै पटक देखेको हुँ र नेपाली राजनीतिक क्षेत्रका नेता महासयहरुको त झन कुरै नगरौ। तर फरक शैली र सादा पोशाकमा नेपालीहरु बिच सर्बसाधारण कै रुपमा छोटो र मिठो भावनात्मक रुपले प्रस्तुत हुँदै समयको ख्याल गर्दै आफ्नो मन्तब्य दिएको देखेको यो मेरो पहिलो अनुभब हो। छोटो तर सबै कुरा समेट्ने गरी बोल्दा हाम्रा नेताहरुले जनताले कुरै बुझ्दैनन झै गरी कानै फत्तिने गरी बोलेका हुन्छन, कसो राजदुत महोदयले झै छोटो तर मिठो तथा समयको ख्याल गरेर बोल्ने गरे देश अलिकती उभो लाग्दो हो कि? यसो भनौ न कुरा भन्दा काम धेरै गरे आउँदा पुस्ताले सडकमा टायर बाल्न छोडेर आफ्नो इलमलाई बढी महत्व दिदै देशलाई राहत हुने बाटो पनि पहिलिने थियो कि?
मेरो अनुमानमा लगभग २५० भन्दा बढी नै नेपालीहरुको जमघट थियो बेल्जियमका बिभिन्न शहरबाट आफ्नो दु:खलाई थाँती राखेर कार्यक्रम हेर्न आउने उत्सुक आँखा र दिल खोलेर हांस्ने मनहरु। कार्यक्रमको सुरुवातमा मिठो स्वरका धनी सुगमको गायन बाट सुरु भएको थियो तर मेरो लागि भने पहिलो पटक सुनेको स्वर अनि गीत। लगत्तै पछी बेल्जियमका स्थानिय कलाकार रिजे गुरुङ को पुतली नाच पनि दर्शकले निकै रमाइलो मानेर हरे।
जब मनोज गजुरेल आउँदैछन भन्ने संकेत मिल्यो तब दर्शकहरुका आँखा मन्चमा नै अडिए। हाम्रा तात्कालिन तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गर्दै दर्शकमाझ मनोज देखा परे तब दर्शकदिर्घाबाट हलै गुन्जिने ताली र साथमा खादा पनि। अनि सुरु भयो उनको अभिनय। प्रत्येक वाक्य पछी हलमा हाँसो नगुन्जेको शायदै होला। अभिनयमा पत्रकारले सोधेको जवाफ दिने बेला कसैले पनि मन थामेर नहाँसी बस्न सकेनन। प्रश्नोत्तरमा दर्शकहरुलाई हसाउदै मार्मिक रुपले देशमा भएका राजनैतीक गन्जागोल, जातिबाद ,बिभिन्न भाषा भाषीहरु बिच हुनसक्ने कटुता, धार्मिक दंगा र तँ मधेशी म पहाडी भन्ने अहमताको खाडल खनिदा हुने भयानक परिणाम बारे अती नै तिखो ब्यङग्य प्रस्तुत गरेका थिए। र सम्पूर्ण नेपालीहरु यस्ता खतराबाट पूर्ण सचेत हुनु पर्ने 'म' भन्दा पनि 'हामी' भन्ने भावनामा बाँधिनु पर्ने आग्रह गरेका थिए आफ्ना कला मार्फत।
सांस्कृतिक बिकृति र लोग्ने श्रीमती बिच हुने झैझगडा र नेपाली दुर संचार पनि तिखो ब्यङ्यबाण बाट बचेँनन। दुर संचारले (मोबाइल) प्रयोगकर्तालाई दिएको दु:ख र सस्थानले गरेको लापर्बाहीको बारेमा पनि निकै पेचिलो प्रस्तुती गरेका थिए। त्यस्पछी राजुको डिजेमा युवायुबतीहरु दिल खोलेर नाचेका थिए। कलाकारहरुलाई आयोजकको तर्फ बाट खादा ओदाइ सम्मान गरीएको थियो भने कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने संघ सस्था तथा ब्यत्तिहरुलाई कलाकारहरुको हात बाट खादा ओदाइ सम्मान गरेका थिए। तर आँफैले भने निस्चित समयसम्म रहनु पर्ने र पुरै कार्यक्रम नहेरी बाहिरिनु पर्दा शुरु हुँदाको एक घण्टा ढिलालाई नरमाइलो मान्दै बाटो लागियो।
Tuesday, June 30, 2009
अग्रिम शुभकामना!
सँधै हत्या, हिँसा , अपहरण , लुतपातका फोटो र समाचारहरु हेर्दा हेर्दा दिक्क भएको बेला आज नागरिक न्युजमा छापिएको यो फोटोले केही मात्रामा त्राण दियो। नेपाल भन्ने देशको नाम अग्रिम पङ्तिमा राखेर आउनु होला। क्रिकेट जगतका यि किशोरीहरुलाई शुभकामना!!!!
Thursday, June 11, 2009
याहूका मित्रलाई पत्रचार
प्रिय मित्र ढाकमायाजी,
समयले नेटो काटेको कसैलाई थाहा हुँदैन, बगिरहन्छ, चलिरहन्छ र उडिरहन्छ आफ्नै नियममा। हामी फगत त्यही नियमको बन्दी हौ। न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने, गतिमान समयको पछी पछी हामी एक यात्री। यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने। तर हिंडेर कहिल्यै नथाकिने।
हेर्नुस् न हामी समयको पछी दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ। थोरै ठट्टा, थोरै सत्यता अलिकती बैसालु गफ धेरै रमाइला क्षण अनी केही पर्खाइ कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु। हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल। जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला र अझै दुबो सरी फैलिन पनि सक्ला अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले।
कता कता केही छुटे जस्तो, ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै। समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो मेरो के लाग्नु? सर्बशक्तिमान न हो जितिहाल्यो। तैपनी म पनि कहाँ हरुवा हुँ र? नथाकेरै हिंड्ने यात्री न हुँ कतै भेटी पो हाल्छु कि? कोशीश जारी छ ।
हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप थोकीसकेछ। म भने सधैं पछीको पछी। यस्पाली अलिकती बढी नै ब्यस्त भैयो। याहूमा खटर पटर गर्ने मौका जुरेन। त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्यो। ढिलाराम न परे तर खुशी साथ स्विकारी दिनु होला है त। आरमको कुरा पनि कती गर्नु जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै। प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने तब न मार खायो यो बदमाशले। लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त। जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर। अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने? बस् सकेको लेख्दै राख्नु होला। राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन तर अरु रमाइला गफ दिन नभुल्नु होला नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन। ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको, पढाई कहाँ पुग्दै छ? जारी राख्नु होला है। बिच बातैमा पुर्णबिराम लाउने होइन नि फेरी। मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर। अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल।
ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ। फेरी अर्को पटक भेट्ने बाचा गर्दै।
उही छट्टुराम छन्त्याल
बेल्जियम
(किन किन दिन धल्किन्छ थाहा नै नपाइ, साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै र भोलीको सुनौलो बिहानीको स्वागतार्थ..... सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट)
समयले नेटो काटेको कसैलाई थाहा हुँदैन, बगिरहन्छ, चलिरहन्छ र उडिरहन्छ आफ्नै नियममा। हामी फगत त्यही नियमको बन्दी हौ। न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने, गतिमान समयको पछी पछी हामी एक यात्री। यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने। तर हिंडेर कहिल्यै नथाकिने।
हेर्नुस् न हामी समयको पछी दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ। थोरै ठट्टा, थोरै सत्यता अलिकती बैसालु गफ धेरै रमाइला क्षण अनी केही पर्खाइ कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु। हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल। जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला र अझै दुबो सरी फैलिन पनि सक्ला अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले।
कता कता केही छुटे जस्तो, ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै। समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो मेरो के लाग्नु? सर्बशक्तिमान न हो जितिहाल्यो। तैपनी म पनि कहाँ हरुवा हुँ र? नथाकेरै हिंड्ने यात्री न हुँ कतै भेटी पो हाल्छु कि? कोशीश जारी छ ।
हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप थोकीसकेछ। म भने सधैं पछीको पछी। यस्पाली अलिकती बढी नै ब्यस्त भैयो। याहूमा खटर पटर गर्ने मौका जुरेन। त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्यो। ढिलाराम न परे तर खुशी साथ स्विकारी दिनु होला है त। आरमको कुरा पनि कती गर्नु जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै। प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने तब न मार खायो यो बदमाशले। लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त। जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर। अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने? बस् सकेको लेख्दै राख्नु होला। राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन तर अरु रमाइला गफ दिन नभुल्नु होला नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन। ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको, पढाई कहाँ पुग्दै छ? जारी राख्नु होला है। बिच बातैमा पुर्णबिराम लाउने होइन नि फेरी। मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर। अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल।
ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ। फेरी अर्को पटक भेट्ने बाचा गर्दै।
उही छट्टुराम छन्त्याल
बेल्जियम
(किन किन दिन धल्किन्छ थाहा नै नपाइ, साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै र भोलीको सुनौलो बिहानीको स्वागतार्थ..... सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट)
Subscribe to:
Posts (Atom)
