Thursday, March 3, 2011

मेरो सम्झनाका पलहरुमा "पौरखी छन्त्याल"

बिबिध कारणले बिदेशीनु परे पनि आफु जन्मिएको ठाउँ भुल्ने कुरा हुँदै हुँदैन। हरेक पलहरु ताजा छन। कर्सुङ मात्रै कहाँ हो र ? थाङ्नाको फुटबल खेल्दा खुट्टाको नङ्हरु गनी गनी उप्किएका । भाले जुधाइ खेल्दा भुइमा पछारिएर कुहिनाका छाला खुइलिदा रुदै घर पुगेका । काँक्रो चोरेर खादा सिस्नु र पानीको सजाय पाएका । नदीमा पौडी खेलेपछी पाहा झै ढुङ्गामा सुतेका, दाउरा घास गर्न जाँदा खुङ्खानिको साथीलाई भा.... लै भन्दै रुख चढेर चिच्चाएको । भारिले जितेर गुल्तिदै तीन बल्द्याङ खाएको, पात बजाउदै जङल र पर्म गएको । क्लासमा चक चक गरेर कानको जाली बन्द हुने गरी थप्पड खाएको । साँच्ची कति सताइयो होला है बाउआमा र छरछिमेकीहरुलाई ? अहो! न त्यो जिन्दगी कति रमाइलो सम्झदा फेरी त्यही बालक हुन पाए...


फेसबुकमा खुङखानीको तस्वीर भेटाउदा मेरो मनमा पुराना पलहरु छाँयाले झै पछ्याइ रहेका छन् । त्यो खहरे पैरो बाबै!
बर्षा याम लाग्यो कि गाउँको उठिबास । मुटु नै कमाउने चत्याङ, भल, बाढी , हिलो र सर्पको तोकाइको डर। रोधी जाँदा सिस्नुको घारीमा गुल्तिने हो कि भन्ने चिन्ता। भुस्याहा कुकुरहरुले बिताउलान् कि? भन्ने बिगबिगी । । दियालो र चोयाको सुकेका भाङ जोर् जाम्को चिन्ता । देउरालीमा फूलपाती चढाउदै टाउको नदुखाइदेउ, राम्रा राम्रा सोल्तिनी सँग भेट गराइदेउ भनी गरेको प्रथाना । उकाली कात्दा यसै त धुम्धाम त्यसै माथि पानी पर्दा घुम्ले पानी बोकेर थप् भार बोकाएको सास्ती । आबुइ नि आङ नै सिरिङ्ग हुने गरी त्यो सिंगाने खर जुकाले गरेको आक्रमण ।


जब बर्षा यामले बिदा दिन्छ । फेरी अर्को रौनक । गाई, भैंसी र भेडाबाख्राका गोठ सार्नेको रन्को । मकै, आलु भित्र्याउनेको चतारो । गोरु जुधाईको रमिता अनि सँगै आउन लागेको दसैं तिहारको स्वागतको लागि घर लिपपोत । कमेरो र रातो माटोको खोजाइ । लाहुरे दाई हरुको पर्खाइ। जमरा र खसिको मासुको सरजाम । उही गुनिलो रुख खर्सुङ सँगै लाएको पिरती । पिङ बनाउन खर्सुङ घारिमा रात भरिको जंगल बास। कति रमाइलो खुशीका पलहरु ... संझनाको एेनामा ताजै छन । अहा! मेरो जिन्दगी ।


जिन्दगीले आज कोल्टो फेरेको छ..... पराइको देशमा खुन र पसिना बगाउनु, बिदेशी भनेर हेपिनु । रात र दिन नभनी अहोरात्र अर्कैको सेवामा खटिदा पनि जस नपाउनु । कहिलेकाँही थुक्क जिन्दगी भनी भन्न मन लाग्छ। देशले हामी आदिबासी जनतालाई चिन्ने कोशीसै गरेन । हाम्रो छन्त्याल जातिको अनौठो क्षमतालाई चिनेन या बित्यास पार्ने भए अब भनेर डराएका टाठाबाठा शासकले दबाउने निती लिए। कुनै बैज्ञानीक प्रबिधी बिना माटो सुघेको भरमा तामा खानी पत्ता लगाउन सक्ने । घन र छिनाको भरमा सिङो पहाड खोप्न सक्ने हाम्रो छन्त्याल पुर्खालाई देशले माया सम्मान गर्नुको सत्ता कुहिरोको काग बनायो। हाम्रो पुर्खालाई दबाउन भन्दा हौसला दिएर देशले छन्त्यालको पौरख चिनेको भए शायद हाम्रो देशमा पहाड भित्र नै रेल कुदेका हुन्थे अहिले । तर, अब यो कल्पना मात्रै सिमित हुन पुगेको छ । हामी छन्त्याल हरु आफ्नो हराएको कुहिरो भित्र कागलाई खोजी गर्न बाध्य छौ। तपाईं हामी जहाँ जस्तो सुकै अवस्था मा भए पनि हाम्रो पुर्खाको पौरखलाई सम्मान गर्न सिकौ। सम्पूर्ण छन्त्याल एक हुन हातेमालो गरौ। हामीले कोशीस गरेनौ भने हाम्रो परिचय खर्सुङको रुख सँगै बित्ने पक्का छ। जानेको, बुझेको कुरा बाड्न कन्जुस नगरौ । सबै कृयाशिल हुने कोशीस गरौ । जस्ले जहाँ जति सकिन्छ (आर्थिक, मानसिक तथा भौतिक) सहयोग गरौ । पाकाहरु भन्ने गर्छन् - एकले थुकी सुकी हजारले नदी।(फोटो स्रोत: फेसबुक)

सम्झनाको तरेलीमा जन्मथलो र प्रमेथियस

आफ्नै र आँफैको आँगन। च्याँ च्याँ गर्दै यही धुलोमा झरियो। बामे सर्दै यही ठाउँको माटोमा बल्ड्याङ खाइयो। सिंगान झार्दै
भाडाकुटी खेलियो यही ठाउँमा। बेहुला बेहुली हुँदै जन्ती त कति पटक गैइयो गैइयो । सिंगान पुछेर भोटो र कछाडमा माम्री पार्न सिके पछी काठको ह्यांमानको पाटि बोकेर ढुङे खरी धस्दै लागियो कपुरी क गर्न यही ठाउको पाठशालामा । आफु र आफु जत्रै फिस्तेहरु देखे पछी यती मन फुरुङ त भएको होइन त्यो कपुरी क गर्ने ठाउमा। तुना बाँध्न मिल्ने दौरा फन्नाउदै थाङ्नाको फूटबल खेलमा गनी नसक्नु पटक खुट्टाको नंङ सत्यानास पारीयो त्यही बुङबुङे धुलोमा। साहू बुढाको अमिलो चोरी गर्दा सिस्नुको झ्याङमा गुल्टेको बाबै क्या नमिठो पिरो त भएको थिएन।

अहो एउटा हिसाब मिलाउन नसकेर टेके सरको यती त मार खाएको होइन बाबै अहिले पनि आङै जिरिङ्ग हुन्छ। फलानो माने धिस्कानो भन्न नजानेर गङ्गे सरले सिस्नु पनि र लौराले पुरै हात भरी निलडाम हुने गरी हानेको सम्झिदा अहिले पनि किबोर्ड बाट हात फुत्त तानिएछ। अक्षर गोलो बनाएर लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औंला र चोर औंलालाई जोडेर ओखर थिचे झै थिचिदिएको त झन अहिले जस्तो नै लाग्छ। सामाजिक शिक्षा पढाउदा त्यो नरे मोराले क्लासको अर्को लाई कागजको मत्याङ्रा बनाएर थोकेछ अनि यल्ले हो सर भनेर सुराकी लगाइदिदा लोके सरले १५० पटक उठबसको सजाय फर्मान, म जाबो निम्छरो त्यही कक्षामा नै भुटुक्कै । २ दिन सम्म हिंड्न पनि नहुने कैची खुट्टामा।

तर एक जना यती मेहनती र मायालु गुरु पनि थिए मेरा त्यही ठाउको पाठशालामा । म फिस्ते दिनहु काठको पाटिमा अङ्गारको कालोले चम्काउदै र भोटो हल्लाउदै जाने उनी १० बजे देखी ४ बजे सम्म त्यही चम चम गर्ने पाटिमा कपुरी क र एक दुई लेख्दै भन्न सिकाउने। जति पटक मेटे पनि लेखिदिने उही खरी ढुङ्गाले। न उन्लाई झ्याउ लाग्ने न रिसाएर सातो जाने गरी सजाय दिने। जस्ले जे नाम र उपनामले बोलए पनि केही नभन्ने। बस आफ्नो इमान्दारिताको कदर होस् या नहोस् तर उनको लागि सबै फिस्ते बराबरी, सबै फिस्ते समान। थिए उनी पद र नोकरीको हिसाबले पियन तर मेरो लागि अब्बल दर्जाको गुरु। त्यही फिस्तेहरु आज संसारभरिका झिलीमिली हेर्दैछन्, पौरख गरेर खान सिकेका छन। तर उनी भने अझै पनि उही पद र उस्तै गरी कपुरी क सिकाउदैछ त्यही ठाउँ र त्यही पाठशालामा । न ढांट्न जानेका छन न झुठ बोल्न। न उनी अरुको मन दुखाउछन् न लप्पनछपन जानेका छन् । गाह्रो सारो पर्दा लौन भने कम्जोर ज्यान नै भए पनि होइन भनेर तार्न जान्दैनन् । सबैका प्रिय, सबैका पिउन (पियन )काका : खिम ब. छन्त्याल र मेरो मनका प्रेमथिएस। प्रबासमा जब जन्मभूमिको याद झन ताजा हुन्छ मनका हरफहरु यसै त्यसै बरालिन्छन। शायद त्यो धुलोले मलाई कहिले फर्किएला भनेर बाटो हेरी बसेको होला। पाखो र पहराले सुसेली हाल्दै बोलाउदो हो। बसन्तको पालुवाले गुरासको फूल सँगै स्वागतमा पर्खिएको होला। कठै म प्रबासी भने ..... । जे जस्तो र जहाँ भए पनि त्यो धुलो माटो त्यो बनपाखा र मेरो प्रमेथियस लाई मुटुभित्रै राखेको छु त्यही दिनको भेट र पर्खाइमा ।(फोटो स्रोत: फेसबुक)

Thursday, February 3, 2011

रन्थनिँदै मञ्चमा पुगेर कोमल ओलीको गलामा


प्रवासको बसाइमा जहाँकहीँ रमाइला, मीठा कुराहरूको अनुभव गर्न पाइँदैन । अधिकांश तीतो र टर्रो । आफ्नै देशमा हुँदा झैँ १० बजे जानै पर्ने कार्यक्रममा ३ बजे उपस्थित भए पनि ‘नो प्रोब्लम’ भन्न पाइँदैन । दिइएको समय भन्दा ५ मिनेट मात्रै ढिला भए पाएको मौका नै गुमाउनु पर्छ । या अर्को पालोको लागि हप्तौं कुर्नु पर्छ । वातावरण जेसुकै होस् तर जुन देशमा जन्मियो त्यो देशको पछुवापन पराइको ठाउँमा नक्कल नगरे नेपाली नै भइँदैन । अरूलाई मात्रै के आरोप लगाउनु ! नक्कल गर्न आजकाल आफैँपनि निकै सिपालु भएको छु । किनकी मैले आफ्नो नेपालीपन देखाउनु छ । अन्यथा नागरिकताबाट नेपाली भन्ने कुरा नै हट्नेछ ।

धेरै पटक निर्धारित समयमा पुग्दा एकलकाँटे र वैरागी काइँलो बन्नु परेको छ । देशबाट हाम्रा माननीय, ख्याति प्राप्त, नेता … आउनु हुने भनेको कार्यक्रममा निर्धारित समय भन्दा ३ घण्टा पछि पुगे बल्ल कार्यक्रम सुरु हुने मेसो चल्छ । त्यसैले पोइल जान नपाकी, राता खुर्सानी खाँदै र खुवाउँदै पाका भ’का जिरे खुर्सानीको कार्यक्रममा पनि संचारकर्मी मित्रले रमझम शुरु भयो भन्ने सन्देश आएपछि पुग्दा बल्ल तातिँदै थियो हल ।

आयोजक नेपालिज डेमोक्रेटिक फोरम (एन डि एफ) । व्यवस्थापक, स्वयंसेवक र सहयोगीपनि एन डि एफ सँग सम्बन्धितनै हुने भए । पोइल जान नपाएर आत्तिएकी कोमल ओली मञ्चमा मात्तिदैं जाँदा २५० अटाउन मिल्ने हल ३५० जनाको भीडले भित्रबाट शौचालय पुग्नु पर्‍यो भने पहलमान नै हुनुपर्ने अवस्था थियो । भुराभुरीहरू पाकेका गोलभेँडा सरह । असिना पसिना नानीका आमाहरू । बाहिर निक्लौं मुन्द्रेको व्यङ्ग्य र ओलीको उत्ताउला गीतको रौनक छुट्ने । नजाउँ भने अधिक भीडले नानीहरू उसिनिएर आपत् । काखमा नानी लिएर उभिनेको हालत झन् बयान गर्नु नै परेन ।

युरोपको राजधानी देश । पाखुरी बजारेर खान रहर या बाध्यताले आएका हामी नेपाली । सिकौं भने यो देशबाट सिक्न सकिने ठेलीका ठेली छन् । तर हाम्रो ध्यान त्यतातिर कहिले जाने ? त्यो कुरा उत्तानो परेका शिवजीलाई नै थाहा होला । कि त उनैसँग वर माग्ने कोमल ओलीलाई । प्राविधिक कारणवश केही त्रुटि भएर कार्यक्रम बिथोलियो भने क्षमता भन्दा बढी हुलेको हल भित्र कस्तो खाले दुर्घटना निम्तिएला भन्ने चेत आयोजकलाई भएन । या चेत भएर पनि अचेत भएको नाटक गरिएको हो ? बुझ्न सकिएन । दुर्घटना निम्ती हाल्यो भने जिम्मेवार को ?

बेल्जियमको नियम कानुन अनुसार क्षमता भन्दा बढी दर्शक एउटै हलमा हुलेर कथं कदाचित् केही परिहाले डामिने को ? भीडले गर्दा हलको तापक्रम निश्चित रूपमा बढ्छ । तर तातो बनाइ राख्ने यन्त्र अधिक गतिमा चलिराखेकै थिए । मानौं आयोजकको काम भित्तामा भैँसी जत्रा अक्षरले लेखिनु मात्रै हो । दर्शक भनेका हल भित्र म: म झैँ उसिनिन आएका दुहुनो भैँसी हुन् । टिकट बेच्ने यूरो गन्दै मख्ख ।

मनोरन्जनात्मक कार्यक्रममा कान तातो बनाउनेको व्यवस्था हुने नै भयो । व्यवस्था नै नभएपनि पानी भन्दा सस्तो बियर जतासुकै उपलब्ध छ । उपलब्ध भएको कुरा सिमा हुन्जेल ठिकै नै हो । तर आफैँले नचिने रंग देखाइहाल्ने । भित्र मुन्द्रेले पुराण लाउँदै गर्दा भित्र बस्ने ठाउँ नपाएर बाहिर रहेका पहलमानहरू भने पाखुरी सुर्का सुर्कीमा व्यस्त । टाइसनको दुरुस्तै फोटोकपी । क्या बात नेपाली टाइसन ! बेल्जियममा पनि ? देशको इज्जत बेल्जियमको बेर्खेम शहरमा पनि जीवित रहेछ ।

रौनक र मनोरञ्जन दिनु रंगिला कलाकारको जिम्मा हो । महिनौं हड्डी घोटेर एक दिन आफ्नै देशका कलाकारहरू सँगै दिल खोलेर हाँस्न, नाच्न र गाउन मन सबैमा हुन्छ । यो भावनालाई कलाकारहरूले राम्ररी बुझेका रहेछन् । आफ्नो क्षमताले भ्याएसम्म दर्शकलाई आफ्नो बनाए ओली र जितु नेपाल ‘मुन्द्रे’ ले । पसिनाको धारा बगाउँदै दर्शक सँगै नाचे । गाए । हँसाए ।

दिल खोलेर हाँस्ने र नाच्नेको भीडमा थिए टि. एस. कामरेड पनि । चिटिक्क भादगाउँले टोपीमा सजिँदै एन डि एफको कुनै पनि कार्यक्रम छुटाउँदैनन् । एकाध वर्ष सोही संगठनको अध्यक्ष पनि । पदको लोभले एन डि एफ नै फुटाउन खोज्नेहरुलाई तह लगाउँदै संगठन बचाउन दिलो ज्यान दिएका हुन् भनेर प्रशंसा गर्नेको कमी पनि छैन । पदबाट नियमसंगत तवरले नयाँ पुस्तालाई हस्तान्तरण गरेको एक वर्ष पनि पुगेको छैन होला । आयोजक एन डि एफको नाटक मञ्चनमा बिचरा कामरेडको नाम समेत अत्तो पत्तो भएन ।

कार्यक्रम लगभग सकिन लाग्दा कलाकारहरूलाई खादा ओढाएर सम्मान गर्नुपर्ने नाटक थियो । उद्घोषकले कलाकारहरूलाई खादा ओढाइदिन के अनुरोध गरेका थिए मञ्च पुरै भरियो । कलाकारको घाँटीमा कुन्नि २,३ खादा झुन्डिए होलान् । अरू सबै आफैं एन डि एफका पहलमानहरू भनाउँदाले भिरे । भिर्ने पहलमानमा वर्तमान एन डि एफ अध्यक्ष पनि सामेल भए । खै कुन्नि कहाँ बाट माइक हात परेछ । एकदमै अभद्र तवरले जाँडको तालमा प्रस्तुत भए । “एनि वे” भन्दा अरू शब्द उनको प्रस्तुतिमा सुनिएन । छेवैमा उभिएकी अधबैँसे दिदीले आफ्ना साथीलाई भन्दै थिइन् -ए बा नि ! .. लाई भन्दा देख्नेलाई लाज पो । के रमिता गरेका हुन् यस्तो ? हलका त्यत्रा दर्शकहरू यसै ट्वाँ परेर हेरिराखेका थिए । ट्वाँ पर्नेहरुकै भीडमा नाम नबोलाइदिँदा कामरेडलाई पनि झोक चलेछ क्यार । रन्थनिँदै मञ्चमा पुगेर ओलीको गलामा खादा भिराइदिए । ओलीले उनको परिचय टि. एस. कामरेड रे भन्नु पर्‍यो । उद्घोषण गर्नेले नचिनेका पनि होइनन् । तर योगदानको कदर गर्नै सक्दैनन् या चाहँदैनन् । बल्खुको दरबारमा नै आत्महत्या गर्नु पर्ने बाध्यतामा टि. एस. कामरेडहरुको पालो पनि धेरै कुर्नु नपर्ला । बिचरा टि. एस. कामरेड !

Thursday, January 27, 2011

विदेशमा जातीय संगठन कति औचित्यपूर्ण ?


“लौ गुरु बेलायत जाम । हाम्रो छन्त्याल जातिको पर्व छार-म्हेङ मनाउन । खाने, बस्ने र आते जाते भाडापनि साथीहरुलेनै व्यवस्था गर्छन् । घुम्नुनी हुन्छ । हैन गुरु जसरीपनि मिलाम” बेल्जियम निवासी मित्र शेरबहादुर छन्त्यालले धेरै पटक हुटहुटी लगाए । अलिकति आफ्नो समुदायको पर्वबारे कलको निब घुमाउला भन्ने आशय त हुँदो हो नै । तर बढि छन्त्याल संस्क्रिति देखाउने मन र ठट्टिँदै बिताम्ला म सित भन्ने भावना हुँदो हो उनको ।

अर्को वर्ष जाने वचन दिएर बल्ल बल्ल चित्त बुझाएँ उनको । तर यो जाति बारे जे जति सुनेँ नेपालमा भन्दा यहीँ आएर बढि सुनेँ । माध्यम उनै छन्त्याल हुन् । नगएपनि मनमा कता कता बिझिरह्यो । अनि त्यो छार म्याङ मनाएपछिका केही दिन मैले खुब नियालेँ तस्विरहरू । कम्ती चुकचुकाइन म । नेपालको अति अल्पसंख्यक जनसंख्या भएको जाति यो । यति सुन्दर पर्व रहेछ । यसलाई व्यापक प्रचार प्रसार गर्नुपर्ने भन्ने लागिरह्यो ।

पछि उनले सुनाए- गुरु नेपालमा बरु कति जातिले आफ्नो संगठन खोलेका छैनन् तर बेल्जियममा त सबै जातिको छ । नामै नसुनिएको जातिकोपनि छ संघ संस्था । भोज भतेरमात्रै खानेदेखि देशकालागि चिन्तन मनन् र यस्तो दुइ चार पैसो लोभ नगरि सहयोग गर्नेपनि । थाह भयो- तिन दर्जन जति त बेल्जियममा मात्रै रहेछन् यस्ता दर्ता गरेका जातीय संघ संस्था । यस्ता संस्था बेल्जियम, बेलायत, पोर्चुगल, जर्मनीलगायत धेरै देशमा प्रशस्तै छन् । शेर्पा, थारू, मगर, गुरुङ, नेवार जातिका आआफ्नै । जिल्ला पिच्छेका उत्ति खुलेका छन् । नेपालीको संख्या जहाँ बढि छ त्यहाँ यस्ता जातीय संघ संस्थापनि बढि खुल्नु स्वाभाविक छ । पछिल्लो समयमा फ्रान्समा पहिलो पटक जातीय संगठन खुलेको छ- तमु समाज ।

फ्रान्समा तमु समाज खुल्नासाथ कतिपय रमाएका छन् । नेपाली नेपाली फुटाउन, जातीय सोचको बीउ रोप्न, भएका संघ संस्थालाई कमजोर बनाउन र केही तमुलाई नेतागिरी गर्न भनेर बुझ्नेपनि छन् कतिपय । केहीले त मलाई सिधै मेल लेखेर तमु समाज गठनको समाचार लेखेकोमा विरोधसम्म गरेका छन् । तरपनि घोत्लिनु पर्छ- विदेशमा यस्ता जातीय संघ संस्थाको कति उपयोगिता छ ? के यस्ता संघ संस्था खोलिनु आफैँमा अति आवश्यक हो ? के हुन सक्छन् यस्ता फाइदा र बेफाइदा ?

यस्ता जातीय संगठन खोलिनु आफैँमा राम्रो र नराम्रो दुबै होइन कि ! त्यो किनभने हामी खसहरूलाई हाम्रा दशैं तिहारलगायतका पर्व मनाउँदा खुशि लाग्छ । त्यसरी मनाउन नपाउँदा मन रुन्छ । आफ्नो भाषामा बोल्न नपाउँदाको पीडा जति हुन्छ, अन्य जातिकापनि हुन्छ नै । बरु यस्ता समाज गठन भए ती एकै ठाउँ भेला हुन्छन् । आफ्नो देशको एउटा जाति विशेषको धर्म, संस्क्रिति, र संस्कारको प्रचारप्रसार हुन्छ । त्यसो गर्दा अन्य जातिले, अरूले संगठित गर्न नसकेकालाईपनि संगठित गर्छन् । विदेशमा अन्य जातिका मानिसलाईपनि उनीहरूको संस्क्रितिबारे बुझ्न सजिलो हुन्छ ।

एकले थुकी सुकी, सयले थुकी नदी भन्छन् । ती संगठित भए भने सामूहिक चिन्तन गर्छन् । विदेशमा प्रचार प्रसार गर्छन् । विदेशी संस्क्रितिमा रमाउनुपर्ने बाध्यतालाई थोरै भएपनि न्यून पार्छ । आफ्ना केटाकेटीहरूलाई आफ्नै संस्क्रितिको पहिचान गराउँछन् । आफ्नो देशको संस्क्रिति र संस्कारमा विदेशमा जन्मे हुर्केका हाम्रा वालवालिकहरुलाई जति अभ्यस्त बनाउन सक्यो ती भविष्यमा उतिनै नेपालप्रति निकट बन्छन् । त्यसो हुनु भनेको अरू कुनै जाति विशेषलाई घाटापर्ने होइन । जुनसुकै जाति भएपनि आखिर ती नेपाली न हुन् सर्वप्रथम त । त्यसले समग्रमा नेपालकै प्रचार प्रसार गर्छ । नेपालकै हित गर्छ । उनीहरू जति बढि संगठित हुन्छन् उति अन्य कार्यक्रममा सहभागिता बढ्छ ।

आखिर गुलाफको फूल जतिसुकै सुन्दर भएपनि गुलाफ नै गुलाफको बगैँचा भन्दा सय थरी फूल मिसिएको फूलवारीलेनै बढि शोभा दिन्छ । तर त्यो फूलबारीमा फूल लगाइसकेपछि सबैलाई समान रूपमा मलजल र गोडमेल गर्ने, एउटा फूलको झ्याँगले अर्कोलाई असर पार्न नदिने काम त फूलवारि बनाउनेको न हो ।

कार्यक्रम त सबै संघ संस्था मिलेर, छलफल र बहस गरेर संयुक्त रूपमापनि त मनाउन सकिन्छ । तमुहरूलाई आफ्नो ल्होसार आफ्नै संस्क्रिति अनुसार मनाउन नपाउँदा, हामी खसहरूलाई दशैं तिहार मनाउन नपाइ हेरेर बस्नु पर्दा, छन्त्यालहरुले छार म्याङ मनाउन नपाउँदा जति पीडा हुन्छ त्यत्तिनै पीडा हुन्छ थारू जातिले आफ्नो माघी मनाउन नपाउँदा । मन सफा राख्ने, आत्मा खुल्ला र सहयोगी बनाए तमुको ल्होसारमा बाहुन र क्षेत्री, नेवार र थारू गएर जसरी नाचगान गर्न हुन्छ तिहारमा तमु र थारूको माघिमा उनीहरू सँगै मिलेर हाँस खेल गर्नपनि कुनै चीजले रोक्दैन । त्यसैले स्वच्छ मनले आफ्नो जातिकोमात्रै होइन सबैको भलो गरौं, मिलेर रमाऊँ, साथ लागेरै केही गरौं भने भावना राख्ने हो यस्ता जातीय संगठनले घाटा गर्दैनन् । हित नै हित हुन्छ ।

तर हामी फलानो जात भनेको हामी नै हौं । हामी आफ्नो पाराले मनाउँछौं अरूले जे गरुन् । हाम्रो संख्या धेरै छ अरू थोरै हुनेले जे सुकै गरुन् । हामी फलानो जातिकोमा अरूलाई किन बोलाउने ? बाहुन क्षेत्री खराब हुन्छन् । नेवार छट्टू हुन्छन् । मतवालीहरू भेडा हुन्छन् भन्ने सीमित जातियतावादीका कुरामा लागेर त्यसै गर्ने हो भने त्यसले पक्कै बिग्रह ल्याउँछ । भएको सद्भाव तोडिन्छ । आफू आफूमै मन मुटाव बढ्छ । एकलकाँटे बनाउँछ । हामी नेपाली होइन जाति विशेष भएर बस्न बाध्य हुन्छौं । विदेशमा संघर्ष गर्नुपर्नाका कठिनाईहरुमाथि झन् वैमनस्यता झ्यांगिन्छ । हाम्रा वालवालिकालेपनि त्यहि सिक्छन् ।

नेपालमा आफ्नो सीमित राजनीतिक, आर्थिक र व्यक्तिगत स्वार्थ पुरा गर्न नेता र हाम्रा राजनीतिक दलहरूले जातीय विग्रहको आगो झोसिदिएका छन् । त्यसरी हरेक जातिलाई फुटाउँदा उनीहरूलाई राज गर्न सजिलो हुन्छ । त्यो संस्क्रिति नभित्रियोस् भन्नेमा जातीय संघ संस्था खोल्ने मित्रहरूले ध्यान दिनैपर्छ । त्यसरी उक्स्याउनेहरु यहीँपनि छँदै छैनन् भन्ने छैन । हुन सक्छन् । त्यसलाई नियन्त्रण र हतोत्साहित गर्ने काम बुझक्किहरुको हो । कुनैपनि जाति विशेष मूर्ख, छट्टू, भेडा र खराब हुन्छन् भन्ने होइन । सबै जातिमा असल र खराब मानिसहरू हुन्छन् । मात्रा फरक त होला नै । त्यसैले जाति विशेषलाई हेरेर होइन कि व्यक्ति विशेषका असल र खराब पक्ष हेरेर संस्था हाँके बिग्रह ल्याउँदैन ।

पेरिसमा पहिलो जातीय संगठन खुलेको छ तमु समाज । तपाइहरूसित दुई विकल्प छन् । एउटा असल भएर, सबैलाई संगठित गरेर, अझ बढि मेलमिलाप देखाएर भविष्यमा अन्य जातीय संगठन खुल्न चाहनेहरुलाई असल बाटो देखाउने । अन्य देशकलाइपनि ‘तमु समाज होस् त पेरिसको जस्तो’ भनेर उदाहरणीय र सिको गर्न लायकको बनाउने ।

अर्को, माथि भनिए झैँ तमुहरू मात्रै आफ्नै पाराले हिँड्ने, अरु जातिकालाइपनि ‘उनीहरूले आफ्नै जातीको संस्था खोलेर फुटाउन खोज्छन्, हामी गुरुङ के कम, हामी सबैभन्दा असल, अरु जातिकालाई हामीले किन पुछ्ने’ भनेर जाति पिच्छे फुट ल्याउने । दश जना भएपनि आआफ्नै जातीय संघ संस्था खोल्ने । आफू आफूमै सीमित रहने । नेपालमा नेताहरूले जाति जातिबिच फुटाएको बीउ यहाँ ल्याएर छर्ने । गुरुङ साथीहरू यो त मेरो स्वच्छ मनले दिएको सुझाव हो, अन्यथा नलिनु होला । भत्काउने की सपार्ने तपाईहरुकै हातमा छ है !!
- ददी सापकोटा, फ्रान्स

Wednesday, March 17, 2010

छन्त्याल जातिको लोपोन्मुख संस्कृति : योगेन्द्रमिलन छन्त्याल, हाल जर्मनी

"नेपाल अधिराज्यभर २१ जिल्लाहरुमा बसोवास गर्दै आएका करिब १३ हजार छन्त्यालहरु पूर्वाधार तथा संभावनाहरुको कमिका कारण राज्यबाट उपेक्षित बन्नुपर्दा त्यत्ति दुखी छैनन् जति दुखी आफ्नो जातिको उत्पत्ति र ईतिहासबारे कुनै प्रमाणिक आधारहरु प्राप्त नभएकोले किंवदन्तीमा मात्र चित्त बुझाउनुपर्दा छन् ।"


"प्रसिद्ध समाजशास्त्री मोहन मल्लका अनुसार तत्कालीन बाइसी चौबिसी राज्यताका कर्णालीको सिन्जाका एक पाल्चन ठकुरीका सन्तानहरु मध्य आपसी झै-झगडाका कारण एकजना मुस्ताङको थाकखोला आई बसोवास गरेकाले थकाली र अर्का बाग्लुङ जिल्लाको ढोरपाटन उपत्यकाको 'छ्यान्टुङ' भन्ने ठाउंमा बसोवास गरेकाले छन्त्याल कहलिएको भन्ने मान्यता बढी विश्वासनीय छ । हामी अझै वास्तविक ईतिहासको खोजीमा लागिरहेका छौ ।" नेपाल छन्त्याल संघका अध्यक्ष मनिचन्द घरब्जा छन्त्याल भन्नुहुन्छ ।

सामान्यत, मगर जातिसंग मिल्ने बनावट, बोली, भाषा, रहनसहन र खानपीन भएका छन्त्यालहरुलाई धेरैले मगर माने पनि उनीहरुको छुट्टै भाषा "खाम" बोल्ने गर्दछन । 'मगरहरु सुँगुरको मासु खान्छन तर छन्त्याल सुँगुरलाई छोयो भने गंगाजलले नुहाउनु पर्दछ । मगर रांगो खान्छ तर छन्त्यालहरु खाँदैनन । मगर र छन्त्यालको खास भिन्नता देखिने उनीहरुको संस्कार नै हुन् । मगरहरु मामाको छोरीसंग विवाह गर्छन् तर छन्त्याल मामा चेली-फुपुचेली दुवैसँग दोहोरो विवाह गर्ने चलन छ । यिनै संस्कारका कारण छन्त्याल मगरभन्दा छुट्टै जाति भएको प्रष्ट हुन्छ ' बाग्लुङ बोंगादोभानका भू. पू. उपाध्यक्ष रेशमबहादुर छन्त्याल बताउंनुहुन्छ ।

'करिब ५ सय वर्षअघि खानी पेशामा लागेका छन्त्यालहरु कालान्तरमा संख्या वृद्धि हुँदै जांदा थुप्रै समूहमा बांडिएर जीवन गुजारा चलाऊन खानी खोज्ने क्रममा बाग्लुङको बोंगाखानी, ढोरखानी, भीरखानी, खुंङ्खानी, लाम्मेलाखानी, घोसाखानी, शिसाखानी, राङ्खानी, लेखानी, हाँडिखानी, पाण्डवखानी म्याग्दीको गुर्जाखानी, छापाखानी, कुइनेखानी, मंगलेखानी, मल्कबाङखानी सुर्खेतको साताखानी रुकुमको बिर्बुङखानी आदी ठाउंमा पुगेको अनुमान गरिन्छ । यी मध्ये केही खानीहरुमा काम गरिरहेकै बेला करिब सय वर्ष पहिले सरकारले चर्को भेजा (सरकारी कर) लगाएछ तैपनि २ - ४ वर्ष जेनतेन भेजा तिर्ने कोशीस गर्दागर्दै हातमुख जोड्नै नसक्ने अवस्था आएपछि भेजा तिर्न वेवास्ता गरेछन् । भेजा तिर्न नसक्दा सरकारी मान्छेहरु खानी खानीमा पुगेर छन्त्यालहरुलाई थेर्का (कडा सजाँय दिन बनाइएको काठ र फलामको साधन) मा कोचेर सजाँय दिएछन । अनि त वाध्य भएर ८०-९० वर्ष यता छन्त्यालहरु कृषि पेशा गर्दै आएका छन् ।' ललितपुर निवासी छन्त्याल संघका भू.पू. कोषाध्यक्ष ज्यानदेवी घरब्जा छन्त्याल बताउंनुहुन्छ ।

आफ्नै गाउं वस्तीमा उत्पादन हुने हार्डुला ( भेडाको ऊनबाट हातैले बुनेको एक प्रकारको ज्याकेट), दोचा, भाङ्ग्रा, मजेत्रो, लगायत गुन्यूचोली, टेखी, खाडी, धोरो (साफा, फेटा) मा सजिएर रमाउने छन्त्याल पुर्खाको भेषभूषा र जीवनशैलीलाई आधुनिकताको खोल ओढेको पाश्चात्य संस्कृतिले पूरै मात्रामा विस्थापन गर्न लागेको अवस्थामा छ । दशै, तिहार, माघे संक्रान्ति, फागु पूर्णिमा, नयाँ वर्ष, साउने संक्रान्तिजस्ता चाडपर्वमा पुराना स्वादहरु गुम्दैछन ।

मादल, मुर्चुङगा, डम्फु, घण्ट, झ्यालीका धुनसँगै घन्किने खेली, ठाडो, चुट्के र लालै भाकाहरुकाबारे ओछयानमा थला परेका बुढापाकाहरुसँग मात्र बुझ्न सकिन्छ त्यो पनि संस्मरण स्वरुप । लाग्छ, अब खेली र चुट्के भाकाका ती हलुका ज्यान बनाएर फुरुंग हुँदै नाचेको देख्ने जमाना फर्कदैनन होला । पहिलो सन्तानको रुपमा छोरा जन्मिदा पुट्पुराउका सरस्वती र खेली नाच पनि ओझेल पर्दैछन । भात खुवाइ (पास्नी), छेवर (चुडाकर्म), गुन्यूचोली र वैवाहिक संस्कारले पनि रुढीवादी संज्ञा पाउंदैछन् । अन्त्येष्टी संस्कारमा पनि छन्त्यालहरुको वस्तीपिच्छे समानता पाइदैन । लगभग ३ हजारले बोल्ने छन्त्याल भाषा (खाम) को अस्तित्व बोकेका ठाउंहरु मानिने म्याग्दीका गुर्जाखानी, कुइने, मंगले, मल्कबाङ र गुल्मीको भार्सेबाट बिस्तारै लोप हुँदै गएको छ । वि. सं. २०४० साल पहिले भारतीय र ब्रिटिश सेनामा भर्ती हुन मगरहरुको पुन, थापा, बुढा, राणा आदि थर लेखाउनुपर्ने बाध्यतामा परेका नयाँ युगका केही छन्त्यालहरु आफ्नो जातीय पहिचान लुकाएको पाईन्छ । जातीय संस्कृतिमा विचलन आएर थकाली र मगरसँग सोलीडोली चलाउंने र आफ्नो रीतिरीवाज र धर्म संस्कृतिमा फेरबदल गरेका पनि छन् केही छन्त्यालहरु ।

त्यसो त छन्त्यालहरुमा आफ्नो भाषा, संस्कृति र जातीय उत्थानका लागि चिन्ता नभएको होइन । वि. सं. २०४३ सालमा दिलबहादुर घरब्जा छन्त्यालको नेतृत्वमा जातीय भलाई र उत्थान गर्न भनी 'छन्त्याल परिवार संघ' को स्थापना भएको थियो । यसले २०४९ असार २९ गते विधिवत संस्थाको मान्यता पाएको थियो । वि. सं. २०५२ मा प्रथम राष्ट्रिय महाधिवेशनको नेतृत्व परिवर्तन सँगसगै यस संघको नाम "नेपाल छन्त्याल संघ" मा परिवर्तन गरियो । यस संघबाट पुस्तिकाहरु प्रकाशन, जातीय संस्कार, स्मारिका २०५४ प्रकाशन र कार्यान्वयनका लागि निर्देशन, जातीय कार्यकलापहरु आदि कार्यहरु संचालन गरेको पाईन्छ।

उमेर खाएका व्यक्तिहरु मात्र होइन छन्त्याल युवायुवतीहरुलाई पनि आफ्नी भेषभूषा, साँस्कृतिक चाडपर्व र संस्कारप्रति उत्तिकै चासो र माया छ । लोकदीप आवासिय मा. वि. बेनी कक्षा १० मा अध्ययनरत छात्रा कुमारी छन्त्याल विद्यालयको पोशाकभन्दा गुन्यूचोली लगाउन मन पराउने बताउंनुहुन्छ ।

दशौ राष्ट्रिय जनगणना २०५८ पहिले तथ्यांकमा नदेखिएका छन्त्यालहरुको त्यस जनगणनामा ९ हजार ८ सय १४ जनसंख्या देखिएको छ । तर संघका सर्वमान्य संस्थापक दिलबहादुर छन्त्याल यो तथ्यांकमा असहमत प्रकट गर्दै भन्नु हुन्छ - "हामीले २०५५ साल पहिले गरेको जनसंख्या विवरणमा ५ हजार ६७ महिला र ५ हजार ४ सय ५४ पुरुष गरी कुल १० हजार ५ से २१ तथ्यांक तयार पारेका थियौं । तथ्यांक विभागले त्यो संख्या घटाइदिनु दु:खलाग्दो कुरो हो ।"

हालसम्म छन्त्यालका उल्लेख भएका विभिन्न थरहरु भलंजा, बुढाथोकी, डांडामारे, घरब्जा, घर्ती, घ्याप्चन, झिङराजा, खड्का, पोट्लाङ्गे, पुराने, सिङे, तथप्जा छन् । केही थरका उपथर पनि छन् तर अझै झिङनेल थर लगायतका छन्त्यालहरुले आफ्नो थर केन्द्रिय तथ्यांकमा नसमेटिएको गुनासो गरेको पनि पाईन्छ । छन्त्यालहरुको आफ्नो पूर्वजहरुले खानी निकालेको अति विकट, दुर्गम र हिमाली वस्तीहरुमा बस्दै आएको पाईन्छ र यिनीहरु बसोवास गर्ने ठाउँको नाम पछाडि 'खानी' भन्ने शब्द जोडिएको पाईन्छ । अधिकांश निम्न आर्थिक स्तर भएका छन्त्यालहरुको विकट वस्तीहरुमा न त सरकारी सुविधाहरु पुगेका छन् न त सरकारको उपस्थिति नै छ ।

मुलुकमा साधरण नागरिकको रुपमा समेत परिचित हुन नसकिरहेका छन्त्याल जातिकोबारेमा विदेशीहरुले समेत चासो लिएर अध्ययन अनुसन्धान गरेको पाईन्छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कान्सिस मिल्वाउकीका प्रोफेसेर डा. माइकल नुना र डा. विलियमा वाग्लीमा समेतले विधावारिधीका लागि छन्त्याल भाषा र संस्कृतिको खोज तथा अनुसन्धान गरी पुस्तक प्रकाशन गरेका छन् ।

नेपालकै दुर्लभ र अल्पसंख्यक जातिको रुपमा चिनिने छन्त्याल जातिको सम्बन्धमा संचार माध्यमहरुले पनि खासै चासो र ध्यान नदिएको गुनासो नीशा छन्त्यालको छ । उहाँ भन्नुहुन्छ - "दिनानुदिन टेलिभिजन र रेडियोमा विदेशी गीत संगित घन्किरहन्छन, किसिम किसिमका फेशनहरुको प्रचार गरिन्छ तर आफ्नै देशको मौलिक संस्कृति बोकेको छन्त्याललाई उपेक्षा गरिन्छ। यो साह्रै दु:खको कुरा हो ।"

बाग्लुङ जिल्ला क्षेत्र नं ३ का निवर्तमान सांसद परी थापा छन्त्याल भन्नुहुन्छ- "शिक्षामा पिछ्डिएकोले नै छन्त्यालहरु सबै क्षेत्रमा पछाडि पर्नु परेको हो । सरकार र राज्य संयन्त्रको नेतृत्व 'उच्च र कठित जातिहरु' मा मात्र सीमित छ । राजनीतिक पार्टी र संघसंस्थाहरुमा पनि उच्च जातिका मानिसहरुको नै हालिमुहाली र आधिपत्य रहेको छ । विकट गाउंमा बस्ने छन्त्यालहरुको बारेमा सोच्नुपर्ने आवश्यकता नै ठान्दैनन सरकार र राजनीतिक पार्टीहरु ।"

राज्यका साधन स्रोत र सुविधाहरुदेखि कोशौ टाढा र विकट गाउंहरुमा अभावग्रस्त जीवन बिताइरहेका छन्त्यालहरु अस्वभाविक राजनीतिक किचलो देखी वाक्क छन् । उनीहरु भन्छन - "सरकारले हाम्रो लागि केही गर्ला भन्ने हामीलाई आशै छैन । देशमा शान्ति भइदिए कमसेकम आफ्नो संस्कृति जोगाउनका लागि केही प्रयास गर्दै शान्तिपूर्वक बाँच्न त पाइन्थ्यो ।"

(यो लेख गोरखापत्र संस्थानको मासिक पत्रीका "युवामन्च", हिमालय टाइम्स दैनिक, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, म्याग्दी सन्देश साप्ताहिक, जनजाति सन्देश लगायतका पत्रिकाहरुमा समेत प्रकाशन भएको थियो । हाल उहाँले जर्मनीबाट चेतनामूलक रेडियो कार्यक्रम "हाम्रो चाहना" संचालन गरिरहनु भएको छ । ब्लगमा लेख साभार गर्ने अनुमति दिनु भएकोमा लेखकलाई बिशेष धन्यबाद ब्यक्त गर्दछु।)

Sunday, February 21, 2010

झंकारपूर्ण आदिबासी गीत

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

सृस्‍टिको सुन्दर बिहान हामी

मनिसको पहिलो पहिचान हामी

यो बिशाल धर्ती हाम्रो रचना

हेर कहाँ छैन हाम्रो पसिना

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

हामी संगै जन्मे तराइ, पहाड हिमाल

हामी संगै हुर्के नदी , बन जंगल

हामीलाई पछ्याउदै बन्यो मूलबाटो

हाम्रै रगतको हो रंग यो माटो

हामी आदिबासी , हामी जनजाति .... आदिबासी, जनजाति ।

हामीले सिकायौं अरुलाई हिंड्न

अब हामी आँफै तयार छौ भिड्न

अधिकारको जो आत्मनिर्णयको

जातिय पहिचान सभ्यता सुनौलो ।

हामी आदिबासी, हामी जनजाति .... आदिबासी, जनजाति ।

Monday, September 21, 2009

माधब जी सँग धमलाको इलु इलु भलाकुसरी


क्या बात भैया ? धन्य धन्य हो । मुझे लगा था नही कि आपने मेरे किया करम पर इतना सरप्राइज गिफ्त देने वाले था । अगर ऐसा गिफ्त देने वाले बात मेरेको पहेले पता होता ना पुरी काठमाण्डु जलाकर धमाका करदेनेको भी पिछे नही । हमारा पर इतना पावर हे कि आप नजराअन्दाज नही कर सकते ।

सूद भैया तो मेरा मामाका भान्जा हें । हमारे दुरीं एक इन्च का फरक भी नही । मेरा रोजका आना जाना, खान पान सबकुछ उधरी हे । सिर्फ वो क्या बोल्ते हे आइडेन्टी नेपाली करके रखा हुँ । इस लिए क्यू कि बुद्धु नेपाली लोग मेरेको पहिचान ना पाए । सबकुछ जन्नेका बाद आपने इतना बडा सरप्रैज देही दिया तो मे भि आपको आइ लभ यू बोलने का । दिल से, सच भैया । बस वो हथियारों और गोला बारुद जरुरत पदे तो मेरे को कन्ट्याक कर देना वही रिपोर्टस क्लब मे । २४ घण्टे चौखन्ना आपके लिए । और एक बात अगर सरकार बाहर वाले लोग आपको बहुत परेसान कर ने लगे ना मे सुजाता बेहेनाको भी समझाके सुद को इन्फर्म कर दुंगा । फिकर मत करो भैया । हम हे न आप के साथ । जय हो हिन्द की !!!

(प्र म सँग अमेरिका भ्रमण जाने सपना पुरा गरिदिएकोमा धमलाले सुजाता र माकुने गड्याङको प्रसँशा गर्दै खर्चेका अमुल्य शब्दहरु )

Wednesday, September 16, 2009

गूगलमा छन्त्याल खोज्दा

1. Who are the Chhantyals?
Chantyals are one of the indigenous ethnic groups of Nepal of the Himalayan and hilly regions of Nepal.
2. How was this tribe named?
Chhantyals belong to the clan group of Thakuri. They used to drink alcohol and eat food while resting the fatigue from mine digging, which was against their tradition. So they snaped (chhinale) their worn scare thread. Therefore, this tribe was named " Chhantyal" from the word "Chhinale ".
3. Where do they live ?
Chhantyals have settled down in Gurjakhani, Malampurkhani, Kuine and Chourkhani of Myagdi district. Also they live in Narjakhani, Bongakhani, Khungakhani, Ghosakhani and Ghaikhet of Baglung district. As the population increased, they immigrated to Gulmi, Rukum, Jumla, Kathmandu, Parbat, Mustang and several other districts.
4. What is the population of this tribe?
In accordance to the census of 2058 B.S., the total population of this tribe is 9,814. However, the population has been 12,500 according to the internal data collection of the Central Office in the same year.
5. What is the percentage of the literacy rate?
According to the National Census of 2058 B.S., 34% people of this tribe are literate. However, internal data shows 45 %.
6. How do Chhantyals look like?
They have Mongolian appearance with round face, a bit shorter nose, and black eyes and of short stature.
7. Which language do they speak?
They speak their own "Kham" language. It is similar to the Gurung Language in some extent.
8. How is their clan group divided?
Chhantyals are divided in many clan groups. They are: Gahraba, Thathabja, Bhalanja, Jhinraja, Ghyapchan, Khadka, Gharti, Purane, Budhathoki, Patlange and Dandamore.
9. What are the festivals celebrated around the year?
Chhantyals have their own feasts and festivals. Madhya Kanwausaun (Shrawan 1st) and Chharamheng (Magh 1st)
10. What religion do they follow?
They follow Buddhism.
11. What are the traditional customs?
They have many traditional customs and usages of their own. After the birth of a new decendent, birth celebrations (Nwarani, Pasni, Chhaiti) have been organized. When the eldest son is given a birth in a family, a congratulation ceremony is held. The religious activities like "Chudarmarma", "Chhewar", "Pachani" are carried out in odd number of months and years from the birth. As in Thakali and Gurungs, Chhyantyals have practice of arrange marriage with their cousin. When someone dies, a purification celebration is held on the 13th day. Religious activities are done by son-in-laws on that day.
12. What is the occupation?
The main occupation of them is agriculture. However, some people go to foreign countries for job opportunities.

{माथि दिइएका छ्न्त्यालको बारेमा "सिङ्गे" छुटाएको छ ।यस्ता गल्ती खोजेर सुचना दिनु छन्त्यालहरुको कर्तब्य हो कि ?}

Monday, September 14, 2009

शुभकामना किम....


बाजी त लगाइयो त्यो पनि आर्थिक मन्दी लागेको बेलामा। ऊफ!! पछी फर्केर सोचेको झसँग। कती धेरै मुर्ख्याइ गर्न सकिदोरहेछ। प्रसँगबस फ्यानको कुरा नै हो। सिफ्ट अनुसार नोकरी गर्नु पर्ने रातिमा परिगयो। हुन त दिउसो नै मिलाइदिनु भनेको भए पनि नमिलाइदिने कुरा थिएन तैपनी होसप्रशाद समयमा नआइपुगेर अली आपत पर्‍यो। तयारी भैसकेको रुटिनलाई नकार्न पनि भएन। ल ठिकै छ चलो भाई जे पर्ला पर्ला भनेर ड्युटीमा तीर लाग्यो नै। संयोग पनि कस्तो गफगाफ मिल्ने साथी सँग सिफ्ट परेछ। जांदाजादै साथीले आज किम भिएस क्यारोलिन फाइनल सुरु तीन बजे देखी। दुबै जनाले सल्लाह गरियो काम छिटो सकाउने अनी म्याच हेर्ने कफीको चुस्की लिदै। दुबै जना किम फ्यान। रातीको सिफ्ट त्यती कसाकसीको काम हुँदैन तर समयभर काम त गर्नै पर्छ। काम अलिकती जाँगर चलाएर गर्‍यो भने कम्तिमा पनि ४५ मिनेट समय निकाल्न सकिन्छ ब्रेक समय बाहेक पनि। तर यो राती चाँही मालिकलाई अली बेसी नै लात मारियो झन्डै २ घण्टाको ब्रेक समय लिएर।

तीन बज्नै लाग्दा साथीले इनर फोनबाट सुरु भयो म्याच ल आउनु छिटो। ल काम साम जहाँ सुकै जा भाग टि.भी स्क्रीनतिर। शुरुवातमा अलिकती मिस गरे पनि किमले जित्छ नै भन्ने त थियो तर ४ अंक पुराउने बेला ४ पटक ड्युस भएर प्वाइन्ट क्यारोलिन्को पक्षमा गयो। अनयासै साथीले आज किमले हार्ने भयो भनेर निन्याउरो अनुहार लगाउन लाग्यो। मलाई पनि कस्तो कस्तो लाग्यो किन किन प्याच्चै मुख बाट निक्लियो " किम हार्यो भने म यो कम्पनीबाट भोली नै रीजाइन गरिदिन्छु " भने। बा साथीको अनुहार एकाएक चमक आयो- रियल्ली??!! मैले भने यप्। किन? उु अझै विश्वास गर्ने मूडमा छैन। जोक सोचेछ र फेरी सोध्यो आर यू सिवर?? जवाफ दिए- या .... ।

खेल भन्दा पनि हामी बिचको बाजी पो रोचक र अनौठो भयो। "प्रोमिस" गरेको कुरा नै खतरनाक बाजी। किम र क्यारोलिनको प्रतिस्पर्धामा अनन्त: किमले नै जितिन र मेरो बाजीको पनि जीत भयो। तर पछी यसो सोचेको म आँफै निकै मुर्ख्याइपूर्ण जुवा खेलेको रहेछु। कारणबस किमले हारेको भए मैले आफुले गरेको "प्रोमिस" पूरा गर्नु पर्थ्यो। यसै पनि क्रीसिस लागेको बेला नोकरीबाट हात धुनु परेका समाचार हरेक दिन प्रसारित हुन्छ आफु भने फ्यान भएको नाताले मात्रै यत्रो बाजी लगाउने? जे होस् किम क्लेइस्तरले जितिन। फेरी पनि किम शुभकामना!! ब्राभो किम! एन्ड डिक्क प्रोफिसियात...

Saturday, September 5, 2009

जतनले टालेका परिचय

दैनिकी जोहो गर्नको लागि श्रम बेच्यो, पसिना बगायो, रगतको मुल्य केही मात्रमा भए पनि घटायो अनि फर्कियो बासस्थान। दिनभरी मनमा अनेकौ झोका र हुरी पतालिन्छ। कहिले सागरको गहिराइमा पुरायो कहिले पहाडको तुप्पो त कहिले फेदिमा। मन न हो रोकिने होइन बहिरहन्छ जसरी प्रकृतिका नियमहरु युगौ देखी युग सम्म चलिरहेका छन। जब मन बरालिँदै पहाडका खोल्सा खाल्सीमा अड्किन पुग्छ अनयासै हतासिन्छ र निसासिन्छ। लाग्छ अब मेरो मन यही खोल्सामा नै तुरुलुंग कुभिन्डो झै झुन्डिने भयो। झसँग हुन्छु र यसो तानतुन गरेर फाटेको मनलाई जतनले सिलाउछु। तर जतनले सिलाएको मन अजम्बरी रहिरहने त होइन। आज साँझ पर्‍यो भोली मिर्मिरेमै फेरी च्यातिएको हुन्छ। फेरी उही तानतुन गर्‍यो र सिलायो यस्तै भएको छ मनको दैनिकी।

कुरो यस्तै १४ बर्ष पहिलेको हुनुपर्छ। अनकन्टार तारे भीरको तल फेदमा सानो तर फुङ उडेको गाउमा केही अपरचित तर लवाइखवाइ, भेषभुषा र बोलिब्यबहारको उतारचढाब ठ्याकै मिल्दोजुल्दा एक हुल छिरे। रङ खुइलिएको त्यो गाउ झन प्रकृतिले पनि काचुली फेर्न नपाएको मौसम। चैत बैसाखको तन्तलापुर घाम, आकाशमा बादलको छिटा पनि नदेखिने समय। भोकमरीको उपहार नै पाएको जस्तै त्यो तारेभिरको खाल्डो। एकाध घर बाहेक अरुको अन्नबालीको भकारी रित्तिसकेको नै हुन्छ फागुनतिरै ।

तैपनी दिलका धनी छन् मनका फरासिला छन् ती गाउका बासिन्दा। आफु भोको पेटमा पटुकी कसेर पनि पाहुनालाई सकी नसकी अैचो पैचो गरेर खस्रा मसिना जे जस्तो हुन्छ सेवा गरेर मुस्कान बाँड्छन। नयाँ अनुहार कोही गाउमा आइपुगे छरछिमेकमा साउती चल्छ। हेर त फलानोको घरमा फलानो गाउबाट पाहुना आएका छन। लौ है सकेको स्वागत गर केही नभए पनि एक बचन मिठो बोल, गएर भेटघाट गर यस्तै कुरा एकले अर्को लाई अर्कोले झन अर्कोलाई गर्दा क्षणभरमै एक कान दुई कान हुँदा गाउभरी पुगिसक्छ न कर्ड्लेसको जरुरत न मोबाइल। बिना कुनै संचारको साधन सबैको कानमा कस्को घरमा अनि को पाहुना आइपुगे झ्यामझुम्मै थाहा हुन्छ। कुनै 'थाहा' आन्दोलनको जरुरतै पर्दैन।

भर्खरै उडुँ कि बुडुँ भएको थियो आफ्नो जवानी। ती हुल छिरेको पत्तो पाएं मैले पनि मेरै दुंवाली या यसो भनौ न जिग्री दोस बाट। मेरा अरु लगौतिया यार पनि नभएका त होइनन तर ति जिग्री दोस चाही हुनुकै नजिक थिए केही कुरा आयो कि स्याटेलाइट भन्दा पनि छिटो खबर गर्न सक्ने। लौ जाऔ त हेर्न को रहेछन? कहाँ बाट हाम्रो अनकन्टार खाल्डोमा पदार्पण गरे? बुझौ। बुझ्नु के थियो र बस उनिहरुको अनुहार देखे संसारै जितियो कि झै लाग्ने अनि परिवारका अरु सदस्यहरु सँग गफ दिने बा मैले त यो देखे त्यो यस्तो थियो उसको नाक थेप्चो, अर्कोको अनुहार गोरो,डल्लो, अनि अर्को त सिमल झै सुलुक्क अग्लो झन अर्को ह्याँमानको पाखुरा भा'को........ । गुडी कुरो के हो बुझ्ने बेला त भएको थिएन तैपनी यसो कता कता बुझे जस्तै लाग्ने। सुनेर दिमागमा केरकार गर्न नसके पनि सुनेको त हुँ भन्ने लाग्ने।

ती हुलको पाहुना सत्कार सकिए लगत्तै हाम्रै गाउका प्राथमिक विधालयका प्र. अ. दाइले कुराको पोयो खोले। उत्सुक मन थियो गाउका छरछिमेक भएका जती सबै जम्मा भएका थिए। कुराको उकेरा लाउदै हेडमास्टर दाइले यी पाहुनाहरु हाम्रै जातिको खोजिनिती गर्न र हाम्रो जातिको बारेमा बुझाउन आएका हुन त्यसैले पाहुनाहरु यसै बिषयमा छलफल गर्नु हुनेछ। निकै लामो गन्थनमन्थन गरे छन्त्याल जातिको बारेमा। छन्त्याल जाती लोप हुन लाग्यो। हाम्रो संस्कार, संस्क्रिती हराउन लाग्यो। हाम्रा पितापुर्खाका परिचय खसोखस खत्तम हुन लाग्यो। लौ हामी छन्त्यालहरु नै नजागी त हुँदैन बा नत्र आउँदा दिनमा हामी को हौ? हाम्रो परिचय के हो? पूर्ण रुपले नामेट हुनेछ। हो त सबैले होमा हो मिलाए हामी पनि के कम? चन्चले मन न हो शुरु गरयौ हल्लाखल्ला गर्न, लौ छन्त्याल त यस्तो पो हो रे हाम्रो जातिले पहाड खोपेर हिरा निकाल्न सक्थे रे। माटो सुंघेर खानि पत्ता लगाउन सक्थे रे ,.... उ जमानामा तामा खानिका धनी छन्त्याल, बिना कुनै उपकरण माटो सुँघेको भरमा खानि पत्ता लगाउन सक्ने क्षमता, कुनै बैज्ञानीक उपकरण बिना पहाड भित्र हजारौ मिटर गहिराइमा छिना र हठौंदाको भरमा तामा निकाल्न सक्ने हिम्मत र साहस भएका खानी पेसाका माहिर जाती छन्त्याल आज २१औ सताब्दीमा आइपुग्दा आफ्नै परिचय दिन पनि शिला खोज्नु पर्ने भएको छ।

नजिकका मगर गाउमा मेला भर्न जाँदा ठिटिहरु "मुसा" भन्दै मायालु पारामा ठट्टा गर्थे आज दिन ढल्किदै जाँदा पो थाहा भएको छ छन्त्याललाई "मुसा" किन भनेको होला भनेर। आखिर हाम्रा पुर्खाले गरेको साहसिक क्षमताको अर्को उपनाम पो रहेछ। उहिलेका दिनमा मलाई "मुसा" भनेर गाली गर्दा कम्ती रीस त उठ्दैन थियो तर अहिले भने यसो च्याटमा मेरा मगर मित्रहरुले "मुसा" भन्दै ठट्टा गर्दा पनि गौरब लाग्छ। मेरो पुर्खाको परिचय छिमेकिले पनि भुलेका छैनन "मुसा" नै सही। खयर दिनैदिन जतनले सिउनु पर्ने यो मनमा यिनै रमाइला क्षणले तालतुल गरेकै छ र त जिउन सिक्दैछु आफ्नै परिचयको परिक्षामा।

Sunday, August 30, 2009

ब्यंग्य कबिता

- लक्ष्मण गाम्नागे -
घरको उचाइबाटै
यो घर उहाकै हो भन्ने थाहा हुन्छ
नामको त के कुरा
थरको कुरैबात
यो उहाकै थर भन्ने प्रष्ट हुन्छ
भन्छन-
त्यस्तो साडी उहाकै श्रीमतीले मात्र लाउछिन
त्यस्तो गाडी उहाकै साली मात्रै चड्छिन्
धरोधर्म!
उहाको बिषयमा एउटा सच्चाइ नै झुठ भएको छ
कि नाम हुन्छ कि दाम भन्थे
कि घर हुन्छ कि थर भन्थे
उहाको त कामै नगरे पनि दाम फलेकै छ
नकामै गर्दा पनि नाम फलेकै छ
उहाको उचाइसँगै घरको उचाइ चढेकै छ
मोटरको ताँती सँगै भोटरको ताँती बधेकै छ
अभिबादन छ। अभिबादन छ।

प्रजातन्त्रका महान सेनानीहरु!!
जनाअन्दोलनका महारथीहरु!!
जय नेपाल छ ! लालसलाम छ!!
{हाम्रा राम्रा देश बनाउने नेताहरुको पूर्ण बिबरण कविले यसरी उतारेका छन -स्रोत: नबयुवा}

फोटो फिचर

प्रकृति आफैमा एउटा रहस्य, बुझेरै कहिले पनि नसकिने , खोजी र अध्ययन जति गरिन्छ झन नया नया कुराको पोयो निक्लदै जाने। खुला आखाले जे देख्न सकिन्छ त्यों केवल दृष्टीभ्रम जस्तै लाग्छ नियालेर हेरयो भने। कारण अनेक हुन सक्छ बैज्ञानिकहरुको खोजीमा तैपनी गहिराइमा पुग्न समय अनागिन्ती लाग्न सक्छ। रहस्यमय जादू झै लाग्ने प्रकृतिका तस्बीरहरु खिच्दा मलाई यस्तो भान हुन्छ कि सबै कुरा बुझ्न संसारै कस्सिएर लागे पनि सफल हुदैनन होला ।

Friday, July 10, 2009

संचार भित्र फन्को मार्दा मेरा मन जितेका लेखहरु:

एउटा बूढो बकुल्लो थियो, इतिहासबाट पराजित र समुदायबाट विस्थापित । आफ्नो तेज सकिएपछि त्यो बकुल्लो तलाउको किनारामा बसेर भ्रमको खेती गरिरहन्थ्यो । र, त्यसैबाट उसको जीविका चल्ने गरेको थियो । यो तलाउ चाँडै सुक्दै छ र सबै माछा मर्नेछन् भनेर त्यो बूढो बकुल्लोले माछाहरूको मनमा हाहाकार उत्पन्न गराएको थियो ।
साथै, चुच्चाले च्यापेर सोझा माछाहरूलाई कहिल्यै नसुक्ने ठूलो तलाउमा पुर्‍याइदिन्छु भन्ने तर्कको आडमा त्यो बकुल्लोले सोझा-साझा माछा च्याप्दै अलिक पर लगेर आहारा बनाउने गरेको रहेछ । नेपालको वर्तमान राजनीतिक सन्दर्भमा यो कथाको तात्पर्य हो- एकीकृत माओवादीलाई लिट्टे बनाउँछन् भनेर आकुल बनाउन खोज्ने र कांग्रेस-एमालेलगायतका दललाई माओवादीले जनवादीकरण गर्छ भनेर बकुल्लाको मुखमा पुर्‍याउन खोज्ने षड्यन्त्र सेनाका सीमित अधिकारीमार्फत नेपाली इतिहासबाट पराजित पूर्वराजतन्त्रले गरिरहेको छ । बूढो बकुल्लाको तर्कजस्तै, माओवादीभित्रको एउटा तप्काले जनवादीकरण र सीमितले मात्र दल खोल्न पाउने बहसले भ्रम बढाउन बल पुर्‍याएको छ भने वर्तमान सरकारको नेतृत्वसहित पराजितहरूको बाहुल्यले जनतालाई भन्दा आफूलाई सत्तासीन गराइदिनेहरूप्रतिको समर्पण र भक्तिले अहिले नेपाली राजनीतिमा अन्योल छाएको हो । तर, परिवर्तनको विपक्षमा जाने आँट कसैले गर्न सक्दैन । त्यसैको परिणाम हो- अहिलेको अस्थायी सम्झौता । यसैलाई स्थायी बनाउन सकियो र समयमै संविधान लेख्न सकियो भने आशंकाका बादलहरू स्वतः छाँटिँदै जान्छन् ।
नेपालमा विपरीत धारमा हिँडिरहेका राजनीतिक शक्तिहरूको एकताबाट अभूतपूर्व परिवर्तनहरू सम्भव भएका छन् । ती परिवर्तनको स्वामित्व, संरक्षकत्व र अपनत्वको एजेन्डा बोकेर जो जनतामा जान्छ, त्यही दल र राजनीतिज्ञको भविष्य उज्ज्वल हुन्छ । जतिसुकै व्यवधान देखाउन खोजिए पनि संधिवान नलेखी अब धरै छैन । संघीयताका बारेमा आशंका गर्नेहरूले के बुझ्नुपर्छ भने त्यसलाई व्यवस्थापन गर्ने दायित्व राजनीतिक दलहरूको हो । नेपालमा देखा परेको केही आवेगबाट तर्सिएकाहरूले छिमेकमा उठेका केही डरलाग्दा लहरबाट पाठ सिक्दै सान्त्वना लिन पनि सक्नुपर्छ । चीनको मध्यएसिया सिमाना जोडिएका प्रान्तमा अहिले उहिगुर समुदाय र हान समुदायबीचको द्वन्द्वबाट के बुझ्नुपर्छ भने जातीय मामलाको व्यवस्थापन हुन नसक्दा समस्या आउँदोरहेछ । नेपालमा बरु समस्या त्यो हदसम्म बल्झेको छैन र यहाँ व्यवस्थापनको प्रक्रिया राजनीतिक तवरबाटै अगाडि बढ्दै छ । भारतमै हेर्नुहुन्छ भने त्यहाँका पर्वतीय क्षेत्रका पहाडी बासिन्दाहरूले आफू मैदानी इलाकाका श्यामवर्णका नागरिकबाट उत्पीडित भएको गुनासो गर्दै आएका छन् । उत्तर-भारतको पहिचान नै समग्र भारतको पहिचान बनाउन खोजियो भनेर मध्य र दक्षिणी भारतका नागरिकले असन्तुष्टि व्यक्त गर्न थालेका छन् । अर्थात् क्षेत्रवादको नाममा नेपालका छिमेकीहरूमा विद्रोहको नयाँ लहर पैदा हुन थालेको छ । यही क्षेत्रवाद पृथकतावादको बीउ भएको ठानेर छिमेकी भारत र चीन आ-आफ्नो राष्ट्रिय सुरक्षाको नाममा नयाँ सुरक्षा रणनीतिसहित नेपालमा आफ्नो विशेष उपस्थिति चाहन्छन् । छिमेकीका यी रणनीतिक स्वार्थ र संशयको फाइदा उठाउँदै सेनाका केही अधिकारी हौवाको खेती गरेर नेपालको शान्तिप्रक्रियाको गला निमोठ्न चाहन्थे, जब कि यसमा प्रयोग भएका केही दल र नेताहरू आफँै नराम्रो भासमा फसेको र शान्तिप्रक्रिया टुटे जनताले क्षमा नगर्ने हुँदा अहिले स्थितिमा परिवर्तन आइसकेको छ ।
समाजमा विद्यमान अराजकता र आक्रोश चुरो बनेको बढ्दो दण्डहीनता हो । मानवअधिकार उल्लंघन घटना हो भने दण्डहीनता प्रवृत्ति हो । विगतमा राजनीतिक दलहरूले जसलाई दण्ड दिनुपथ्र्यो, नदिएर पुरस्कृत गर्दा अहिले तिनैले लोकतन्त्रको घाँटी निमोठ्न खोजे । अपराध र मानवअधिकार उल्लंघनका घटनामा जिम्मेवारलाई अभयदान दिँदा समाजमा अराजकता उत्पन्न भयो । गणतन्त्रलाई धारेहात लगाएर सराप्नेहरूले यही अराजकताको आडमा सलबलाउने प्रयत्न गरे । सहिष्णुता नभएको समाजमा अधिकारको सम्मान पनि हुँदैन र कर्तव्यबोध पनि हुँदैन । सहिष्णुता भनेको सम्मान, ग्रहणशीलता, स्वीकारोक्ति र विविधताको सराहना हो । अनेकताबीच एकता सद्भावबाट सम्भव छ भने समृद्ध विविधताबीचको सुमधुरता नै सहिष्णुता हो । सहिष्णुताले जडसूत्रवाद र हठवादितालाई खारेज गदर्ैै बहुलवाद र बहुआयामलाई स्वीकारोक्तिसहित सबै अधिकारको उपयोगलाई पुनर्पुष्टि गर्छ । समस्या नेपालमा के हो भने असहिष्णुतामा वृद्धि । विश्व इतिहास हेर्ने हो भने युद्ध र दंगाबाट ध्वस्त अफगानिस्तान र बुरुन्डीले अहिले आएर अन्तर्राष्ट्रिय फौजदारी अदालत विधानलाई अनुमोदन गरेका छन् । तर, नेपालमा मानवताविरुद्धको अपराध रोक्ने उद्देश्यले जारी भएको त्यो रोम विधान अनुमोदन गर्ने लक्षण अझै देखिएन ।
त्यस्तै, जातीय युद्धको डरलाग्दो पीडा भोगेको रुवान्डाले अहिले आएर मृत्युदण्डविरुद्धको महासन्धिलाई अनुमोदन गरेको छ । तर, सशस्त्र द्वन्द्वबाट शान्तिपूर्ण भविष्यतर्फ रूपान्तरण हुँदै गएको भनिएको नेपालमा एकथरीले भावनात्मक आवेगमा आएर मरिसकेको मृत्युदण्डको प्रावधान बौराउने माग गर्न थाल्नुभएको छ । सीमित केही महिला अधिकारवादीले मृत्युदण्ड भएका केही स्वतन्त्रताविहीन मुलुकको उदाहरण पेस गर्नुभएछ । तर, उहाँहरूले यो तथ्य बिर्सनुभयो कि त्यस्ता देशमा महिला स्वतन्त्रतालाई उच्शृंखलता मानेर महिलालाई मृत्युदण्ड दिने वा कठोर सजाय दिने प्रावधान पनि छ । मूल कुरो कानुनी शासन, शान्ति र सुव्यवस्थाको हो, अपराधको राजनीतीकरण गर्ने, राजनीतिको अपराधीकरण गर्ने र अपराधको व्यापारीकरण गर्न खोज्ने प्रवृत्तिले जनतामा आक्रोश पैदा भएको हो, तर यसको अर्थ मृत्युदण्ड ठीक भने होइन । मूल जिम्मेवार राजनीतिक दलहरू हुन् । बलवान, धनवान र सर्वशक्तिमानलाई कारबाही नगर्दा यो स्थिति पैदा भएको हो । गम्भीर अपराधको आरोपमा समातिएकाहरूलाई दलहरूले नै छाड्न दबाब दिने, अदालतले सजाय सुनाएका र मुद्दा चलाएकाहरूलाई सरकारले नै मुद्दा फिर्ता लिने र अड्डा-अदालतबाट न्याय पाइँदैन भन्ने मानसिकता बोकेर भीडले नै न्याय गर्ने नाममा उत्पन्न अराजकताले मुलुकको हित गर्दैन । त्यसमाथि पनि दण्डहीनताको मामलामा जिम्मेवार राजनीतिक दलहरूले आफ्नो कमजोरी ढाकछोप गर्न मृत्युदण्डजस्ता अस्वस्थ बहसको सहारा लिनु राजनीतिक उग्रवाद हो ।
अहिलेको मूल प्रश्न एकताबाट सम्भव भएको परिवर्तनलाई निरन्तरता दिँदै एकताबाटै संविधान लेख्न र कार्यान्वयन हो । यो दायित्वबाट हट्ने दल वा राजनीतिज्ञलाई मतको माध्यमबाट भविष्यमा जनताले नै दण्डित गर्नेछन् भने समयमै संविधान लेखनमा सहयोग गर्ने दल र सभासद्लाई जनताले पुरस्कृत गर्नेछन् । दुई सय ४० वर्षसम्म गुम्सिएर बस्न विवश भएका सबैले अबको दुई सय ४० दिन पर्खनुपर्छ । संविधान लेख्ने दायित्व पाएको संविधानसभाले आफ्नो काम गरिरहेको अवस्थामा कुनै पनि आन्दोलन वा अराजकताले देशलाई दशकौँ पछाडि धकेल्न सक्छ । ब्याट्री डाउन भएको गाडी स्टार्ट गर्न धकेलिराख्नुपरेजस्तो नागरिक समाजले दिशा बिर्सिएका दलहरूलाई झक्झकाइराख्नुपर्छ । दबाब दिनुपर्छ- समयमै संविधान लेख्नका लागि । तसर्थ, नागरिक आन्दोलन दलहरूबीचको कटुता र शत्रुता अन्त्य गर्ने सेतुका रूपमा उभिने धारणा राख्छ । तर, यसको अर्थ परिवर्तनविरोधीहरूलाई बल पुर्‍याउने भने होइन ।
समयमा संविधान लेखिएन भने त्यसपछि संविधान लेखनलाई नै केन्द्रबिन्दुमा राखेर हाम्रो अहिंसात्मक र रचनात्मक आन्दोलन देशभरि फिँजारिन्छ । हाम्रो लक्ष्य हो- मानिसहरू कोही पनि नमरून् । रोगबाट, भोगबाट, अकालबाट, दुर्घटनाबाट वैज्ञानिक आविष्कारबाट, युद्धबाट, सशस्त्र द्वन्द्वबाट, आपराधिक समूहबाट कोही पनि नमरून्, नमारियून् । जीवनको अधिकारको सदैव सम्मान होस् । राजनीतिको केन्द्रबिन्दुमा सदैव देश र जनता रहून् । लोकतान्त्रिक मूल्य र मान्यताको सर्वत्रबाट सम्मान होस् । जाजरकोटमा झाडापखालाबाट ९० भन्दा ज्यादा नागरिक मरिसके । कणर्ालीमा भोकमरी छ । तर, कहिल्यै नअघाएका केही नेपाली राजनीतिका यी सबै समस्याप्रति उदासीन छन् । संवेदनहीन राजनीतिको गर्भबाटै ठुल्ठूला अनर्थ उदाएका छन् । र, अतिवाद पैदा भएका छन् । नेपाललाई यस्ता अनर्थबाट मुक्त राख्न मूल्यको राजनीति, निष्ठाको राजनीति र गौरवको राजनीतिक संस्कृतिले बढावा पाउन आवश्यक छ । जब कि, भइरहेको के छ भने महामहिम राष्ट्रपतिमहोदयको ०६६, २० वैशाखको कदमपछि सारा विकृति एकसाथ मलजल पाएर हलक्क बढेको देखिन्छ । संविधान लेखनभन्दा तीन-चार महिनाको सत्ता प्राथमिक भएको बुझन्िछ । पद्धतिलाई बलियो बनाउनुभन्दा पार्टीलाई बलियो बनाउने नाममा नीतिविहीन आचरण बढेको देखिन्छ । जनतालाई बलियो बनाउनुको साटो नेता बलियो हुने कसरतमा लागेका छन् । बूढो बकुल्लोको कथाजस्तो माछाहरूलाई त्रसित बनाउनमा फेरि कहीँ जनवादीकरणको नारा र सीमितले दल खोल्न पाउने माओवादी बहसले पनि अप्ठ्यारो पारेको छ । राष्ट्रपतिको अवैधानिक कदम, सत्तारुढ २२ दलका सत्तालिप्सा र एकीकृत माओवादीका केही स्वतन्त्रताविरोधी आचरण र कदमलाई सच्याई नेपाललाई अतिवादबाट मुक्त राख्ने प्रयत्न गरौँ । बुरुन्डी, रुवान्डा र अफगानिस्तानले भोगेको नियति दोहोरिन नदिन देश, जनता र मानवताको सर्वोच्च हितप्रति गम्भीर बनौँ । शान्तिप्रक्रियालाई बल पुर्‍याऔँ । समयमै संविधान ल्याऔँ र बहुलवाद तथा स्वतन्त्रता र मानवअधिकारको संरक्षण गरौँ ।
( मानबाधिकारबादी नेता कृष्ण पहाडीको लेख नयाँ पत्रीका बाट साभार गरिएको )

Tuesday, July 7, 2009

लुखास्तसँग १३ बर्षपछी प्रत्यक्ष कार्यक्रममा भेट

अन्तरकृया प्रकाशनका 'नबयुबा' मासिक पत्रीकाको लुखास्त शिर्षकमा ब्यङग्यपूर्ण लेख पढ्ने गरेको थिए १३, १४ बर्ष पहिले र थिए उनी चर्चित हास्यब्यङ्ग्य कलाकार मनोज गजुरेल। अहिले उनै हास्यब्यङ्ग्य क्षेत्रमा ख्याती कमाएका कलाकारको प्रत्यक्ष कला हेर्ने मौका जुराइदियो बेल्जियमको नेपाली लोकतान्त्रिक मन्चले। साथमा थिए चर्चित गायक सुगम पोखरेल र डिजे राजु।

नेपालीको नानी देखी लागेको बानी निर्धारित समयमा कार्यक्रम होला भन्नु आकाशको फल जस्तै। निर्धारित समय थियो जुलाई ५ तारिख दिनको ३ बजे तर त्यही समयमा स्वयमसेबक मित्रहरु हतार हतार मन्चमा टूल ताङ्दै थिए। प्रतिक्षारत दर्शकले ४ बजे पछी मात्रै कार्यक्रम शुरु भएको महसुश गर्नुपर्‍यो। शायद आयोजकले ढिला भएको महशुस गरेरै होला औपचारिक कार्यक्रम (आसन ग्रहण, स्वागत मन्तब्य , उद्घोषण) त्यती लामो गरेनन।एन. डि . एफ. बेल्जियमका तुलसीनाथ सुबेदीको अद्यक्षता र नेपाली राजदुताबास, बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमालको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको थियो। प्रमुख अतिथिको रुपमा नेपालीहरुले सबै एक भएर आफ्नो कला र सस्कृतिको जगेर्ना गर्नु पर्छ भन्दै गर्दा क्यामरा क्लिक क्लिक गर्दै म भने उहाको गेटअप हेर्दै थिए। यूरोपमा यस्ता कार्यक्रममा मैले पहिले बिशेष रुपमा बोल्दै गर्ने ब्यक्तीहरुले रुद्रघन्टी पनि सुन्नियो कि झै गरी टाइ बांधेर गजधुम्म पर्दै बोलेको धेरै पटक देखेको हुँ र नेपाली राजनीतिक क्षेत्रका नेता महासयहरुको त झन कुरै नगरौ। तर फरक शैली र सादा पोशाकमा नेपालीहरु बिच सर्बसाधारण कै रुपमा छोटो र मिठो भावनात्मक रुपले प्रस्तुत हुँदै समयको ख्याल गर्दै आफ्नो मन्तब्य दिएको देखेको यो मेरो पहिलो अनुभब हो। छोटो तर सबै कुरा समेट्ने गरी बोल्दा हाम्रा नेताहरुले जनताले कुरै बुझ्दैनन झै गरी कानै फत्तिने गरी बोलेका हुन्छन, कसो राजदुत महोदयले झै छोटो तर मिठो तथा समयको ख्याल गरेर बोल्ने गरे देश अलिकती उभो लाग्दो हो कि? यसो भनौ न कुरा भन्दा काम धेरै गरे आउँदा पुस्ताले सडकमा टायर बाल्न छोडेर आफ्नो इलमलाई बढी महत्व दिदै देशलाई राहत हुने बाटो पनि पहिलिने थियो कि?

मेरो अनुमानमा लगभग २५० भन्दा बढी नै नेपालीहरुको जमघट थियो बेल्जियमका बिभिन्न शहरबाट आफ्नो दु:खलाई थाँती राखेर कार्यक्रम हेर्न आउने उत्सुक आँखा र दिल खोलेर हांस्ने मनहरु। कार्यक्रमको सुरुवातमा मिठो स्वरका धनी सुगमको गायन बाट सुरु भएको थियो तर मेरो लागि भने पहिलो पटक सुनेको स्वर अनि गीत। लगत्तै पछी बेल्जियमका स्थानिय कलाकार रिजे गुरुङ को पुतली नाच पनि दर्शकले निकै रमाइलो मानेर हरे।

जब मनोज गजुरेल आउँदैछन भन्ने संकेत मिल्यो तब दर्शकहरुका आँखा मन्चमा नै अडिए। हाम्रा तात्कालिन तथा गणतन्त्रका प्रथम प्रधानमन्त्री प्रचण्डको क्यारिकेचर गर्दै दर्शकमाझ मनोज देखा परे तब दर्शकदिर्घाबाट हलै गुन्जिने ताली र साथमा खादा पनि। अनि सुरु भयो उनको अभिनय। प्रत्येक वाक्य पछी हलमा हाँसो नगुन्जेको शायदै होला। अभिनयमा पत्रकारले सोधेको जवाफ दिने बेला कसैले पनि मन थामेर नहाँसी बस्न सकेनन। प्रश्नोत्तरमा दर्शकहरुलाई हसाउदै मार्मिक रुपले देशमा भएका राजनैतीक गन्जागोल, जातिबाद ,बिभिन्न भाषा भाषीहरु बिच हुनसक्ने कटुता, धार्मिक दंगा र तँ मधेशी म पहाडी भन्ने अहमताको खाडल खनिदा हुने भयानक परिणाम बारे अती नै तिखो ब्यङग्य प्रस्तुत गरेका थिए। र सम्पूर्ण नेपालीहरु यस्ता खतराबाट पूर्ण सचेत हुनु पर्ने 'म' भन्दा पनि 'हामी' भन्ने भावनामा बाँधिनु पर्ने आग्रह गरेका थिए आफ्ना कला मार्फत।

सांस्कृतिक बिकृति र लोग्ने श्रीमती बिच हुने झैझगडा र नेपाली दुर संचार पनि तिखो ब्यङ्यबाण बाट बचेँनन। दुर संचारले (मोबाइल) प्रयोगकर्तालाई दिएको दु:ख र सस्थानले गरेको लापर्बाहीको बारेमा पनि निकै पेचिलो प्रस्तुती गरेका थिए। त्यस्पछी राजुको डिजेमा युवायुबतीहरु दिल खोलेर नाचेका थिए। कलाकारहरुलाई आयोजकको तर्फ बाट खादा ओदाइ सम्मान गरीएको थियो भने कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने संघ सस्था तथा ब्यत्तिहरुलाई कलाकारहरुको हात बाट खादा ओदाइ सम्मान गरेका थिए। तर आँफैले भने निस्चित समयसम्म रहनु पर्ने र पुरै कार्यक्रम नहेरी बाहिरिनु पर्दा शुरु हुँदाको एक घण्टा ढिलालाई नरमाइलो मान्दै बाटो लागियो।

Tuesday, June 30, 2009

अग्रिम शुभकामना!

सँधै हत्या, हिँसा , अपहरण , लुतपातका फोटो र समाचारहरु हेर्दा हेर्दा दिक्क भएको बेला आज नागरिक न्युजमा छापिएको यो फोटोले केही मात्रामा त्राण दियो। नेपाल भन्ने देशको नाम अग्रिम पङ्तिमा राखेर आउनु होला। क्रिकेट जगतका यि किशोरीहरुलाई शुभकामना!!!!

Thursday, June 11, 2009

याहूका मित्रलाई पत्रचार

प्रिय मित्र ढाकमायाजी,
समयले नेटो काटेको कसैलाई थाहा हुँदैन, बगिरहन्छ, चलिरहन्छ र उडिरहन्छ आफ्नै नियममा। हामी फगत त्यही नियमको बन्दी हौ। न कसैले रोक्न सक्ने न त कसैको ईशारामा चल्ने, गतिमान समयको पछी पछी हामी एक यात्री। यात्रा पनि कस्तो यात्रा जती हिंडे पनि गन्तब्य झन टाढा हुने। तर हिंडेर कहिल्यै नथाकिने।
हेर्नुस् न हामी समयको पछी दौडिदा दौडिदै हाम्रो याहूको मित्रता ५ बर्ष पार गरिसकेछ। थोरै ठट्टा, थोरै सत्यता अलिकती बैसालु गफ धेरै रमाइला क्षण अनी केही पर्खाइ कहिले कतै अनुरोध त कहिले आदर्शका कुराहरु। हो यस्तै थिए हाम्रा याहूमा मित्रताको पुल। जे थिए जे गरियो त्यो भोली नहुन पनि सक्ला र अझै दुबो सरी फैलिन पनि सक्ला अनुमान मात्रै है । तर एउटा कुरा यो याहू नामको सस्था र सन्जाललाई म भने धन्यवाद नै दिन्छु। किन भन्नुस् न ? तपाईं जस्तो मित्र जुराइदिएकोले।
कता कता केही छुटे जस्तो, ठ्याकै यसो त नभनु तर यात्रीको बस छुटे झै। समय पनि कती कमाल छ यो यात्रुबाहक बसलाई रोक्न खोज्दा खोज्दै भागीहाल्यो मेरो के लाग्नु? सर्बशक्तिमान न हो जितिहाल्यो। तैपनी म पनि कहाँ हरुवा हुँ र? नथाकेरै हिंड्ने यात्री न हुँ कतै भेटी पो हाल्छु कि? कोशीश जारी छ ।

हजुर तपाईंका सम्झनाका कोसेली स्वरुप अफ्लाइन समाचार पाएको थिए तर कोहिलाई नपर्खिने समयले यसो एक छिन थकाई मारु भनेको टाप थोकीसकेछ। म भने सधैं पछीको पछी। यस्पाली अलिकती बढी नै ब्यस्त भैयो। याहूमा खटर पटर गर्ने मौका जुरेन। त्यसैले तपाईंको जवाफ अली ढिला दिन पर्‍यो। ढिलाराम न परे तर खुशी साथ स्विकारी दिनु होला है त। आरमको कुरा पनि कती गर्नु जती गरे पनि उही हो आत्मारामको आराम भने जस्तै। प्रबासीको ताल न हो नोकरी नगरि ठग्न नमिल्ने तब न मार खायो यो बदमाशले। लु जा यसो अतिरिक्त केही सिकौ भनेको सेन्टीफ्ल्याट मान्छे त। जे होस् सकेको प्रगती गर्दै छु यती नै हो नयाँ खबर। अनी तपाईंको बारेमा लेख्नुस् है सकेको। कर त के गरौ र हैन आफ्नो मित्रलाई पनि धेरै पोलिस किन गर्ने? बस् सकेको लेख्दै राख्नु होला। राजनैतीक घटनाका बारेमा अन्लाईन न्युज काफी छन तर अरु रमाइला गफ दिन नभुल्नु होला नत्र यात्रामा थकाई धेरै हुन बेर लाग्दैन। ओह ! म बिसोरीले सोधनी गर्नै झन्डै भुलेको, पढाई कहाँ पुग्दै छ? जारी राख्नु होला है। बिच बातैमा पुर्णबिराम लाउने होइन नि फेरी। मलाई हेर्नुस् न हिरो पुत्र सँगै झोला बोकी स्कुल लुखुर लुखुर। अँ तपाईंको जन्ती जाने बेलामा भने मलाई अनिबार्य बोलावत हुनुपर्छ। तपाईंको जन्तीको फोटोग्राफी मैले नै गर्ने अधिकार चाँही सुरुक्षित हुनुपर्छ । मैले पहिले नै बूकिङ गरेको छु ल।
ल त मैसाब (लास्टाँ उही त हो) बिदा पाउ। फेरी अर्को पटक भेट्ने बाचा गर्दै।
उही छट्टुराम छन्त्याल
बेल्जियम
(किन किन दिन धल्किन्छ थाहा नै नपाइ, साँझ पर्छ उज्यालोलाई बिदाइ गर्दै र भोलीको सुनौलो बिहानीको स्वागतार्थ..... सम्झनामा मेरो सबै भन्दा पुरानो र असल याहू मित्र ढाकमाया जीलाई यी केही हरफ मनका दायरीबाट)

Saturday, April 4, 2009

फोटो फिचर

भूगोलमा देशका नाम फरक फरक भए पनि विश्व एउटै हो। रङ फरक भए पनि मानब एकै, दु:खको बेला आशु सबैलाई र खुशीको बेला हासो पनि सबैको लागि बराबर। दिन र रात सबै ठाउमा हुन्छ फरक यती मात्रै समयको। कुनै ठाउँमा बिहानी हुँदा कुनैमा साझ त कही दिउसो हुँदा कही मध्यरात तैपनी प्रक्रितीले कहिल्यै पनि तेरोमेरो नभनीकन बराबरी माया दिएको छ। कुरो फरक मानबले आफ्नो स्वार्थको लागि सोच्ने तौर तरिका मात्रै नै हो। नेपालमा हुँदा देखेको डाडाकाडाको सुर्यास्त यहाँ औंलाले छुन सकिने पो हो कि जस्तो लाग्ने तर अस्ताउने नियम एकै। फोटोग्राफीले मोहनी लगाउदा क्यामरामा कैद यो ९७,२८ मिटर अग्लो टावरमा सुर्यास्तको झलक।

Tuesday, January 6, 2009

छन्त्याल चौतारीमा नरु भाईलाई जवाफ

नमस्ते नरु भाई, यहा अरु दुखको कुरा पनि छ हामी छन्त्याल हरुको पहिचानमा। मैले गूगल को सर्चमा आंखा दौदाउदा प्राय सबै आदिबासी जनजातिहरुको विकिपिदियामा आफ्नै परिचय सहितको फेहरिस्त साथै पुरै जानकारी पाएको छु तर छन्त्याल को बारेमा भने यो लागू भएको छैन किन? दुख का साथ नै भन्नु पर्ला हाम्रा अग्रजहरुले तेसो गर्न तीर ध्यान नै दिएका छैनन यो पनि एउटा परिचय हराउनु को कारण हो। हाम्रा आदरणीय दिल बहादुर छन्त्याल को मेहनत लाई पछिल्ला पुस्ताले गोल्तोमल नै बनाएको हो की जस्तो पनि लागेको छ। फगत एउटा कमिटी गठन गर्नु अनि बांकी काम भोलिलाई यो अर्को परिचय हराउनु को करण। शिक्षा को अर्को पातो त छदै छ आज सम्म छन्त्याल नामको डॉ. छन्त्याल सुनेको छैन बरु बिदेसियेको/लाहुरे छन्त्याल को परिचय चाहि छ। अनि हाम्रो छन्त्याल दीदी बहिनी हरुको लगानी सुन्य छ फेसबुकमा मुस्किल्ले १० जनाको नाम भेट्न सकिन्छ। गुरुङ, थकाली अनी अरु जनजातीको हेर्नुहुन्छ जुनसुकै ठाउमा पनि क्रियासिल जहा पनि तयार। हाम्रो छन्त्याल दीदी बहिनीहरु किन यसरी हराएका? फेसबुक मा उपस्थित संपूर्ण छन्त्याल मित्रहरु मा मेरो सबिनय अनुरोध हामी पनि कोसिस गरौ आफ्नो परिचय नागुमाऊ एक ले अर्को संग हातेमालो गरौ। धन्यवाद

Wednesday, December 24, 2008

Chhantyal's Traditional Dress

http://www.nefin.org.np/songs/Adivasi_Song.MP3 Click here to listen Adivasi Song.
Everyone has own introduction as well Chhantyal have their culture, dresses, language, and occupation also. we are proud to be Chhantyal and use own traditional dress.
Photo by: Chhantyal kanchha

Thursday, November 13, 2008

" The Chhantyal"

Chhantyal are believed to have thrived in sacred place called 'Chhentu' sometime in the remote past and spread along the Southern slopes Dhaulagiri Himal.Today they are found concerntrated in some village of Myagdi, Baglung, Mustang districts.Their population is beleived to be around 20,000. As inhabitats of the Magrat region, the Chhantyal culture and their habits resemble those of the Magars.They have own language quite a kin to Thakali, however, the Bhalanja section of Chhantyals considers the Kusundas as their ancesters. The chhantyals are animists and profess shamanism.In most religious parctices, they are closer to the magar. In the past, they were well known for their exceptional knowledge and skills of mining. Their main occupation was mining in old days. As government banned on mining, they had to depend slowly on horticulture these days. According to census 2001, the population of chhantyal is 9,814.


Chhantyal are an indigenous people of Myagdi and Baglung districts. They have fairly large settelment in village like Gurjakhani, Malkabang, Patlekhark , Arman, Machhim, Chaurakhani, Thadakhani, Kuinekhani, Malampar, Kharikhet, Makilmi, Chinakhet, Mangalekhani, Baranja of Myagdi district and Lammela, Bongakhani, Ghosakhani, Sethara, Musikot, Ghayakhani, Bahungaun, Khungkhani, Narjakhani, Darling, Kalapatal and Khahare of Baglung district. Similarly, there are settelment of Chhantyals in some village in Gulmi too. They are nowadays found living in distrct of Mustang, Parbat, Rupandehi, Chitwan, Pokhara and Kathmandu. According to census 2001, population of chhantyal is 9814. A servey conduct by themself in 1988-1999. however, has given the number to be 10,521(Nepal Chhantyal Associaton b.s. 2055). Some people are of the view that the name Chhantyal, was given after a village called 'Chhyantu' in Baglung disttrict near Dhorpatan as they dispersed from thet village.


Chhantyal call their language 'Chhantyal kham ' and its close to the Gurung and Tamang languages.Their culture resambles that of Magars to great extent. Whereas chhantyal of bhalanja clan consider themselves as descendants of Kusunda. Chhantyal marry within their community as far as possible. Marrige can be arranged by request or by mutual consent of the bride an the bridegroom. Chhantyal can marry Magars but they have to pay fine for doing so. Magars have the practice of marrying moternal uncle's daughter only whereas chhantyal can practice cross-cousin marrige. it is reciprocal among chhantyals. Chhantyals are bury or cremate their death ones. it is practice that the eldest son undergoes rigorous funeral rites on the death of father and the youngest so does so on the death of mother and any member of hte family can undergo such funeral rites on the death of other.


Chhantyal follow Buddhist religion an animism. They believe in Dhamis and Jhakris. They worship gods an goddesses, including Barah, Kuldebata, Sime Bhume, Mandali etc; by offering hen, sheep and goat as sacrifice. Their conventional occupatin is mining and they specialize in mine exploration an mining. Their occupation these days is agriculture and animal husbandry. Chhantyal women are skilled in weaving woolen carpets , woolen blanket, Hadaula, Ghoom, clothes of Bhangro, Docha. The status of women in chhantyal society equals that of men and they are seen their own independent business, but they are not given share in inherited property.